चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । चीनको चाङ्साबाट स्वा स्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ ।

चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ गएको निगमका प्रवक्ता अर्चना खड्काले बताए । निजी क्षेत्रका व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन निगमको जहाज कार्गो चार्टर्ड गरेका हुन् । निगमको चीनका विभिन्न गन्तव्यमा यो छैटौं उडान हो । यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले चीनको बेइजिङबाट स्वा स्थ्य सामग्री ल्याएको थियो । चीनको राजधानी बेइजिङमा निगमले पहिलोपटक चार्टर्ड उडान गरेको थियो ।

ल कडाउनको अवधिमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले चीनका विभिन्न शहरमा छ कार्गो उडान गरेको छ । त्यस्तै पाँच चार्टर्ड उडान गरेको छ । लामो दूरीको अष्ट्रेलियाको सिड्नी र ब्रिश्वेनमा चार्टड उडान गर्यो भने जापानको नारिता, भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि चार्टर्ड उडान गरेको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।