कुवेतमा अ,लपत्र ३ हजार बढी नेपाली श्रमिकको हा,रगुहार – दुतावासका अधिकारी पनि स,म्पर्कमै नआएको गु,नासो

धनकुटा खबर, २८ बैशाख । कुवेत बाट स्वदेश फ,र्किनका लागि क्याम्प छाडेर हिडेका करिब ३ हजार बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अ,लपत्र परेका छन् ।

कुवेतको जिलिव, फर्मानिया र इराकको सीमा क्षेत्रका विभिन्न स्थानमा अ,लपत्र ३ हजार नेपाली श्रमिकहरुले उ,द्धारका लागि त्यहाँबाट नेपाल सरकारसँग याचना गरेका छन् ।

कुवेतको जिलिवमा १४ दिन देखि उ,द्धारको पर्खाइमा रहेका धनकुटाका तोयानाथ घिमिरेले आफूहरुको अबस्था नाजुक बन्दै गएको र उ,द्धारका लागि गरिएको हा,रगुहार कसैले नसुनेको गु,नासो गरेका छन् । जिलिव स्थित एक स्कुलको बास्केटबल हलमा धनकुटाका घिमिरे सहित २ सय २० नेपाली श्रमिक राखिएका छन् ।

सामाजिक सञ्जाल मार्फत स,म्पर्कमा आएका उनले धेरै नेपाली श्रमिक खुला आकास मुनि च,उरमा क,ष्ठपूर्ण पर्खाइमा रहेको जानकारि दिएका छन् । यसरी अ,लपत्र पर्नेहरु भिषा अबधि सकिएका र इलिगल रुपमा काम गर्दै आएकाहरु धेरै छन् ।

अवैधानिक है,सियतमा रहेका उनिहरुलाई कुवेत सरकारले अप्रिल ३०सम्म स्वदेश फ,र्किनसक्ने सूचना जारि गरेपछि गरेपछि आफुहरुले काम गर्दै आएको क्याम्प छोडेको उनले बताए । “हामिलाई राखिएको शिविर भन्दा बाहिर धेरै नेपाली अ,लपत्र छन्, खुला चउरमा धुलो र तातो हावाले बस्न समेत नसक्ने अबस्था छ ।” उनले भने ।

कुवेतको जिलिव, फर्मानिया र इराकको सीमा क्षेत्रका विभिन्न स्थानमा तीनहजार बढि मान्छे अ,लपत्र परेको सुनेको उनले जानकारि दिए । साथमा रहेको पैसा सकिएका श्रमिक भो,कभोकै परेका छन् । कहि कहि भने स्थानीयहरुले एकछाक खाना र स्या,ण्डुइज जस्ता खाद्य बस्तु उपलब्ध गराएका छन् ।

यसरी राखिएका श्रमिकहरुमा कोरोना भाइरसको सं,क्रमण देखिएको भएपनि आफूहरुको स्वास्थ्य जाँच नभएको उनले सुनाए । “हाइ फिवर भएकाहरुलाई जाँचेर छुट्याइएको छ, स,मुहमै भएका बाँकि अरुको जाँच गरिएको छैन ।” उनले भने ।

उ,द्धार र आफूहरुको अबस्था बारे कसैले जान्न नचाहेको उनको गुनासो छ । उनले भने, “यताको सरकारले आफ्नै देश फ,र्कि भन्छ, नेपालमाबाट हाम्रो अबस्था बारे बुझ्नै खोजिएको छैन् ।” यो ठाउँमा ल्याउनु अघिसम्म हामि छौ, आ,त्तिनु पर्दैन भनेका दुतावासका अधिकारी त्यसयता स,म्पर्कमै नआएको उनले सुनाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।