कोरोना भाइसरविरुद्ध ल,ड्न अब होमियोप्याथिक उपचार पद्धती

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकलिपक चिकित्सा विभागले ‘आयुर्वेद र रो,कथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को लागि प्रोटोकोल’ तयार गरी होमियोप्याथिक उपचार प,द्धतीको समेत प्रोटोकल तयार पारेको छ ।

नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले आज आइतबार प्रेस सम्मेलन मार्फत सो जानकारी गराएका हुन् । होमियोप्याथिक औषधी कोरोनाविरु,द्ध फ्रन्ट लाइनमा काम गर्नेहरूलाई यसअघि नै वितरण गरिएको भएपनि अब आम नागरिकलाई पनि उपलब्ध गराउने उनले जानकारी दिए । उत्पादन र वितरणको जिम्मा परिषद्ले लिएको छ ।

विश्वका विभिन्न देश लगायत छिमेकी मुलुक भारतमा आयुस मन्त्रालयको पहलमा यो उपचार पछि कोभिड–१९ वि,रुद्ध राम्रो परिणम देखाएकाले नेपालमा पनि प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

‘आर्सेनिकम एल्बम ३० सि शनिबारबाट प्याकिङ गरेका हौं अब मंगलबारबाट वितरण गछा’ैं– उनले भने । पहिलो चरणमा २ लाख परिवारलाई वितरण गर्ने लक्ष्य रहेको पनि उनले बताए । ‘काठमाडौंबाट हामी शुरुवात गछौं’–उनले भने ।

‘आर्सेनिकम एल्बम ३० सि’ को बारेमा व्याख्या गर्दै डा. कमल चित्रकारले नेपालमा यो होमियोप्याथिक औषधी वैकल्पिकको रुपमा रहने बताए । ‘आर्सेनिकम एल्बम ३० सि’ रोकथामको उपाय मात्र नभएर नियन्त्रणको माध्यम पनि बन्ने उनको भनाई छ ।

इटालि र भारतको उदहारण दिँदै उनले नेपालमा पनि यो प्रभावकारी हुने बताए । ‘भारतमा ७००० मा प्रयोग गरिएको थियो र नतिजा राम्रौ आएको छ ‘-उनले भने ।

‘आर्सेनिकम एल्बम ३० सि’ सबै उमेरका समूहले प्रयोग गर्न सक्ने उनले जानकारी दिए । यसको कुनै पनि नकरात्मक असर नभएको र रोग प्रतिरोधक क्षमता बढाउने बताए । अन्य रोगहरू लागेको खण्डमा पनि आर्सेनिकम एल्बम ३० सिन को प्रयोगले सो रोग र्निमूल हुने उनको भनाई छ ।

‘आर्सेनिकम एल्बम ३० सि’ को होमियोप्याथिक औषधी २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्यक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्ने उनले बताए । होमियोप्याथिक औषधीको सेवनपछि पनि सामाजिक दुरी कायम गर्ने, हात धुने, माक्सको प्रयोग पनि निरन्तर गर्नु पर्ने उनको भनाई छ ।

त्यस्तै परिषद्का महनसचिव महावीर घिराईयाले एउटा सानो भाडोमा ७५ देखि ८० गोली हुँने बताए । यो ६ जना परिवारको लागि हुने उनको भनाई छ । शुरुमा एक देखि २ लाख परिवालाई वितरण गरिने उनको भनाई थियो । त्यसैगरि वितरणको लागि काउण्टरहरू राखिने बताए ।

‘कालिमाटी, गौशला, चाबहेल, कुलेश्वर, कमलपोखरीमा काउन्टर राख्निे भएको छ । अन्य ठाँउहरूको अध्ययन जारी छ’– उनले भने । त्यसैगरी उनले लकडाउनको बेलमा ७००० परिवारलाई राहत वितरण गरेको पनि जानकारी गराए ।

त्यस्तै परिषद्का उपाध्यक्ष कैलास चन्द्र गोयलले देशभर रहेको ३८ वटा मारवाडी सेवा समितिले राहत वितरण गरेको बताए । माक्स, स्यानिटाइजर, पीपीइ सेट, पञ्जा आदी पनि वितरण गरिएको उनले जनाए । आर्सेनिकम एल्बम ३० तोकिएको स्थानबाट निशुल्क पाइन्छ । यसको लागि ९ बटा होमियोप्याथिक समुहरूको सहकार्य रहेको छ ।

पशुपति होमियोप्याथिक अस्पताल, अखिल नेपाल होमियोप्याथिक एशोसियशन, भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, होमियोप्याथी फाउण्डेशन नेपाल, नेपाल होमियोप्याथिक चिकित्सक संघ, एशियन होमियोप्याथिक मेडिकल लिग, नेपाल राष्ट्रिय मारवाडी परिषद्, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गा नाइजेशन को सहकार्य छ । सबै नेपालीलाई यसको प्रयोग गर्न अध्यक्ष मित्तलको आग्रह छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖