अब दार्चुलाको गागामा पनि स शस्त्रकाे गुल्म, भारतकै हा रहारीमा बी ओपी राख्ने सरकारको त यारी

दार्चुला, ०३ जेठ । दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु गागामा सरकारले स शस्त्र प्र हरीको गुल्म नै राख्ने तयारी थालेको छ ।

बुधबार स शस्त्र प्र हरीको सीमा नि गरानी चौकी बिओपी स्थापना गरिएको यहाँ १६० सशस्त्र प्र हरी रहने गरी गुल्म नै स्थापना गर्न आवश्यक प्रक्रिया शुरु गरिएको छ । बिहीबार मात्रै स शस्त्र प्र हरीको इञ्जीनियरको टोली सो क्षेत्रको नापनक्सा गरेर फर्किएको छ । ल कडाउनलगत्तै भवन निर्माणका लागि बोलपत्र आह्वान हुनेछ । गुल्ममा स शस्त्र प्रह री नायब उपरीक्षकको नेतृत्वमा १६० जनाको टोली रहने छ ।

उक्त गुल्मले कालापानी, लिपुलेक, व्यास गुफा, कैलाश मानसरोवरको प्रवेशद्वार तथा अपिनाम्पा संरक्षण क्षेत्रजस्ता सामरिक महत्व बोकेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको सु रक्षा गर्नेछ । सकेसम्म छिटो गुल्म स्थापना गर्ने तयारी गरिएको र यसबाट सीमा र क्षा, आ पराधिक क्रियाकलाप निय न्त्रण तथा सर्वसाधारणको शान्ति सु रक्षामा महत्वपूर्ण कदम हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

गुल्मका लागि अपिनम्पा संरक्षित क्षेत्रको मातहतमा रहेको कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये तिङ्कर नदीको किनारको १५ रोपनी जग्गा स शस्त्र प्र हरीलाई प्राप्त भइसकेको छ । गृह मन्त्रालयबाट बहुवर्षीय योजनाअनुरुप संरचना निर्माणका लागि रु ११ करोड रकम विनियोजन गरिसकिएको छ । ल कडाउनलगत्तै बोलपत्र आह्वान गरेर भवन निर्माणको काम थालिने गृहमन्त्रीका सु रक्षा सल्लाहकार प्रा डा इन्द्रजीत राईले राससलाई जानकारी दिए ।

स शस्त्र प्र हरीका इञ्जीनियर प्रहरी नायब उपरीक्षक मिलनमान मास्केसहितको टोलीले गुल्मका लागि प्राप्त जग्गाको बिहीबार स्थलगतरूपमा पुगेर आवश्यक नापजाँच गरेको छ । सु रक्षाका दृष्टिले यहाँको सामरिक महत्व रहेकाले सरकारले उक्त क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।

अन्य क्षेत्रमा सु रक्षाफौज तैनाथ गर्ने योजना रहे पनि पहिलो प्राथमिकतामा यहाँको गुल्म छ । भवन आधुनिक प्रविधियुक्त र यहाँको वातावरण सुहाउँदो बन्नेछ । बाह्रैमहिना चिसो हुने र जाडोको समयमा अत्यधिक हिउँ पर्ने भएकाले त्यस अनुकूलको संरचना निर्माण गरिने छ । ३२ कोठे दुईतले भवन ‘सी’ आकारको बन्नेछ । ग्यास हिटिङसहितको भवन निर्माण गरिने छ ।

सन् १९६२ मा भारत–चीनसँगको द्वन्द्वका बेला यहाँको का लापानीलगायत क्षेत्रमा भारतले से ना प्रवेश गराएको थियो । त्यो बेला राखिएको सेना अझै का लापानीमा छ । दार्चुलाका प्रजिअ पौडेलका अनुसार पहिले त्यस आसपास क्षेत्रमा नेपालको पाँच इलाका थियो । तिङकर र छाङ्रु नेपालमा छ । नेपालको तिकु र गुञ्जी भारतीय नि यन्त्रणमा छ । भारतले काली नाघेर कालापानी तल भएर बग्ने अर्को नदीलाई कालीको नाम दिई सीमा नदी बनाएर विवाद निकाल्दै आएको छ ।

त्यसैले पनि सरकारले यहाँ गुल्मको सोच राखेर त्यस आसपासका सीमा क्षेत्रमा बिओपी स्थापना गर्ने योजना अघि सारेको हो । स शस्त्र प्र हरीको नं ५० गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले गुल्म बसेपछि सो क्षेत्रको सु रक्षा मजबुत हुने बताए ।

भारतले महाकाली नदी किनारकिनारै सडक बनाएर गुञ्जी, कालापानी, हुँदै लिपुभञ्जाङ पु¥याएको छ । तर नेपालतर्फ कुनै प्रयास छैन । यस्तो अवस्थामा यहाँ सीमा र क्षाका लागि सुर क्षाकर्मी परिचालन गरीएको छ । “राज्यको उपस्थिति अहिलेका लागि ठूलो हो, सीमा क्षेत्रमा स शस्त्र मात्रै होइन, प्र हरीका दुई समूहसमेत पुर्याएकाले आ पराधिक गतिविधि नियन्त्रण, जनताको सु रक्षा र सीमा र क्षाका लागि दूरगामी र ऐतिहासिक कदम भएको छ”, प्रजिअ पौडेलले भने । गुल्मका लागि भवन नबन्दासम्म भने मासिक रु २५ हजार भाडा तिर्ने गरी यहाँ स शस्त्रको बिओपी बसेको छ । त्यसको पश्चिमपट्टि १५ रोपनी जग्गामा भवन बन्ने छ ।

गत मङ्सिर २३ गते यहाँलगायत मुलुकका विभिन्न सीमा क्षेत्रमा ११४ बिओपी स्थापना गर्ने निर्णय सरकारले गरेको थियो । यो सहति १४ स्थानमा मात्रै बिओपी स्थापना भएको छ ।

अन्यत्र हुनसकेको छैन । यहाँको बिओपी राख्ने निर्णय दार्चुला प्रशासनले विसं २०७५ मै गरेको थियो । सोही क्षेत्र हुँदै चीनको मानसरोवर जोड्नका लागि सन् २००८ देखि नै यहाँ भारतले सडक निर्माण गरेकामा अहिले उक्त सडक उद्घाटन भएपछि सीमा वि वाद चु लिएको थियो । सरकारले त्यसलगत्तै यही वैशाख ३१ गते छाङ्रुमा सु रक्षाकर्मी पु¥याएको छ । नेपाली से नाको हेलिकोप्टरले तीन दिन लगाएर आज बिहान यहाँ नेपाल प्र हरी र स शस्त्र प्र हरीसहित बन्दोबस्तीको सामान पु¥याएको छ । हेलिकोप्टरले आठ ट्रिप गरेको र सो क्रममा १९ हजार किलो सामान लगिएको जनाइएको छ ।

यहाँ २१ नेपाल प्र हरी पनि पु¥याइएको छ । त्यसमध्ये १२ तिङ्करमा र बाँकी छाङ्रुको नीतिकुण्ड (सीतापुल सीमानजिक) राखिने दार्चुलाका प्र हरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । यहाँको व्यास गाउँपालिका–१ छाङ्रुमा ११५ घरधुरी छ । १० किलोमिटर पर रहेको तिङ्करमा ६८ घरधुरी छ । यहाँ दुवै क्षेत्रमा गरेर एक हजार २२० जनसङ्ख्या रहेका छन् । यहाँबाट माथि कालापानी झण्डै १५ किलोमिटरको दूरीमा पर्छ । तिङ्कर १० किलोमिटरमा पर्छ । तिङ्करबाट लिपुलेक अन्दाजी १० किलोमिटरको दूरीमा रहेको स्थानीय जीतबहादुर बोहराले बताए ।

दार्चुलाबाट उत्तरपूर्वमा पर्ने छाङ्रुबाट लिपुलेक अन्दाजी २५ किलोमिटरको दूरीमा रहेको बताइन्छ । बाटो नभएकाले हिँडेर जान सकिने अवस्था छैन ।

स शस्त्र प्रहरी आएपछि भने यहाँका स्थानीयमा छुट्टै खुशी छाएको छ । सरकारले शुक्रबारको नीति तथा कार्यक्रममा भारतले मिचेको जग्गा समेटेर नक्सा बनाउने घोषणा गरेको छ ।

भारतीय ए सएसबी फोर्स र से नाले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका बेला नेपाली सु रक्षा फौ ज आउनु महत्वपूर्ण भएको स्थानीयवासीको भनाइ छ । अहिलेको अवस्थामा यहाँ सबैभन्दा ठूलो टेलिफोन समस्या छ । त्योसँगै सडकको पनि समस्या छ । सरकारले यहाँ भएर तिङ्कर जाने ८७ किलोमिटर सडक नेपाली से नालाई बनाउन जिम्मा दिने निर्णय गरेकाले केही आशा पलाएको छ ।

अन्य क्षेत्रमा थपिँदै लगिने

सरकारले गत मङ्सिर २३ गते यहाँ बिओपी राख्ने निर्णय गरेको थियो । तत्कालीन अवस्थामा सीमा क्षेत्रमा स शस्त्र प्र हरीको १०७ बिओपी थियो । मङ्सिरमा सरकारले ११४ ठाउँमा बिओपी स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसपछि यो सहित जम्मा १३ स्थानमा मात्रै बिओपी स्थापना भएको स शस्त्र प्र हरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरकारी निर्णयपछि भारतको सीमा क्षेत्रमा १२ र एउटा सङङ्खुवासभाको किमाथाङ्कामा राखिसकिएको छ । तत्कालीन समयमा उत्तरी नाकामा सात र बाँकी दक्षिणी सिमानामा बिओपी राख्ने निर्णय भएको थियो ।

अब हुम्लाको हिल्सा, मुस्ताङको कोरला, ताप्लेजुङको ओलाङचुङगोला तथा रसुवा र सिन्धुपाल्चोकको सीमा क्षेत्रमा क्रमशः बिओपी राख्ने तयारी यसअघि नै गरिएको थियो । तर कार्यान्वयन हुनसकेको थिएन । अहिले भने भारतले सीमा अ तिक्रमण गरेपछि मात्रै तत्कालै छाङ्रुमा स शस्त्रको टोली पठाइएको हो ।

हाल कायम रहेको १२० स्थानमा स शस्त्रको सी मा नि गरानी चौकी रहेको छ । एउटा चौकीमा ३५ स शस्त्र प्र हरी रहेका छन् । एक सु रक्षा चौकीको दूरी झण्डै १७ किलोमिटरको रहेको छ ।

यसलाई दूरी घटाउनुपर्ने आवश्यकता छ । भारतमा ५३० स्थानमा बिओपी रहेकाले सरकारले त्यही हाराहारीमा नेपाली सीमा क्षेत्रमा पनि सु रक्षा चौकी स्थापना गर्ने तयारी गरिरहेको छ । – रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।