वालिङ नगरपालिका ज’मानी बसेर बैं कमार्फत ऋ ण दिन शुरु
– तोलाकान्त बगाले
स्याङजा । नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई वालिङ नगरपालिका जमानी बसेर ऋ ण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसायमा आर्थिक अभावका कारण व्यवसायबाट विस्थापित हुन नदिने र थप ऊर्जा दिनका लागि स्थानीय सरकारको रूपमा रहेको वालिङ नगरपालिकाले सु रक्षा कवचको रूपमा जमानी बसेर ऋ ण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगरभित्रका वडामा तरकारीजन्य उत्पादन तथा पशुपालनसम्बन्धी व्यावसायिक कृषकहरु उत्पादनमा संलग्न हुँदाहुँदै ल कडाउनका कारण परेको अ सर, म हामारी, दै वी विप त्ति र अन्य वि पद्का कारणले पेशा व्यवसायबाट नै विस्थापित हुन नदिन वालिङस्थित बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी ऋ ण उपलब्ध गराउने अभियानको थालनी गरेको नगरप्रमुख खाँणले बताए ।
‘नगरभित्रका व्यवसायीलाई व्यवसाय सञ्चालनलाई आर्थिक अ भाव भएमा नगरपालिकाको पशु विकास तथा कृषि विकास शाखामा निवेदन दिनुपर्छ’, नगरप्रमुख खाँणले भने, ‘सिफारिसका आधारमा वालिङस्थित बैंक तथा वित्तीय संस्थामा वालिङ नगरपालिका धितो जमानी बसेर तत्काल राहतस्वरुप आवश्यक ऋ ण उपलब्ध गराउँछौँ, यस कार्यको थालनी नगरपालिकाले शुरु गरेसँगै व्यवसायीले ऋ ण प्राप्त गरिसक्नुभएको छ ।’ निश्चित समयका लागि ऋ ण उपलब्ध गराएको नगरप्रमुख खाँणले बताए । रासस


