भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारी आयातमा समेत रोक

भोजपुर,जेठ १० । भोजपुरका सम्पूर्ण नाका सिल गर्दै बाहिरी जिल्लाबाट हुने तरकारी आयातमा समेत रो,क लगाइएको छ । कोरोना भा,इरसको जो,खिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो ।

सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५ः३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म मात्र खोल्ने, भोजपुर बजारलगायत अन्य स्थानीयस्तरमा लाग्ने हटिया पूर्णरूपमा बन्द गर्न लगाउने निर्णय बैठकले गरेको छ । सदरमुकाममा लाग्ने गरेको शनिबारे र बुधबारे हटिया बन्द गर्ने निर्णय भएपछि बजार क्षेत्रमा तरकारी अभाव हुने नदिन देउरालीचोकबाट नगरपालिका भवनसम्म १०–१० मिटरको दूरी कायम गरी तरकारी किनबेच गर्न पाउने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड–१९ को जो,खिम न्यूनीकरणसँगै स्थानीयस्तरमा उत्पादन भएको तरकारी खपत गराउने उद्देश्यका साथ बाहिरी जिल्लाबाट आउने तरकारी यही जेठ २० गतेसम्मलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

अत्यावश्यक कामले विभिन्न ठाउँबाट आएका नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा १४ दिन राख्ने, भारतलगायत अन्य मुलुकबाट रोजगारी गरेर फर्केर आएकालाई प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाको पूर्वीनाका अरुण नदीको लेगुवाघाटबाट मात्र प्रवेश गराइ केही दिन अरुण गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा राख्ने निर्णय भएको छ ।

यसैगरी बैठकले कोभिड–१९ को रो,कथाम, नि,यन्त्रण र उपचारका लागि सरकारद्वारा जारी गरिएको लकडाउनलाई पूर्णरूपमा पालना गरी प्रत्येक नागरिकले मास्क लगाउने, लकडाउन उ,ल्लङ्घन गरी मानिस ओसारपसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर सात दिनसम्म चलाउन नदिने, चालक र यात्रा गर्नेलाई १४ दिन क्वारेन्टिनमा राख्ने निर्णयसमेत गरेको छ । धनकुटा जिल्लामा कोरोना स,ङ्क्रमित फेला परेसँगै यहाँ उच्च स,तर्कता अपनाइएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।