प्रदेश नं १ मा सु,र्तीजन्य पदार्थ प्रयोगमा थप क,डाइ गरिने
विराटनगर । प्रदेश नं १ मा सु,र्तीजन्य पदार्थ (नि,यन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सु,र्तीजन्य पदार्थ नि,यन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।
कोरोना भा,इरसको जो,खिम हुन नदिन पनि सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सु,र्तीजन्य पदार्थ नि,यन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए । प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सु,र्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो ।
सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सु,र्तीजन्य पदार्थ नि,यन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।रासस


