सङ्घीय संसदमा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश

काठमाडौँ, जेठ १३ गते । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गर्नुभएको हो ।

अर्थमन्त्रीले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म भएका आर्थिक, भौतिक विकासलगायत समग्र अवस्थाको बारेमा सदनलाई जानकारी गराउनुभएको थियो ।

दुई समितिको प्रतिवेदन पेश

प्रतिनिधिसभा बैठकमा दुई संसदीय समितिको प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘कृषि तथा सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६/७७’ पेश गर्नुभयो । यस्तै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७’ पेश गर्नुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖