अब ट्वीटरमा पनि फेसबुक स्टोरीजस्तै ‘फ्लिट्स’ फिचर
एजेन्सी । ट्वीटरले फेसबुक र इन्स्टाग्रामको स्टोरीजस्तै फिचर ल्याएको छ।
बिजनेस स्ट्यान्डर्डका अनुसार ट्वीटरले हाल परीक्षणका लागि ‘फ्लिट्स इन इन्डिया’ लन्च गरेको छ।
फ्लिट्समा लाइक, रिट्वीट तथा रिप्लाइको विकल्प भने दिइएको छैन।
यो फिचरले ट्वीटर प्रयोगकर्ताको पोस्टहरु २४ घण्टा देखाउँछ र आफैं गायब हुन्छ।
ब्राजिल र इटलीपछि हाल भारतमा यो फिचर परीक्षण गरिएको छ।


