दुवै मृ,गौला फे,ल भएकी धनकुटाकी २१ वर्षीया लक्ष्मीलाई २ लाख ६० हजार सहयोग
धनकुटा खबर । दुवै मृगौला फेल भएकी आर्थिक अभावको कारण उपचार गराउन नसकिरहेकी धनकुटा १ हिलेकी मृगौला पीडित एक किशोरीलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ ।
धनकुटा १ हिले स्थायी घर भई हाल युके आर्मीमा कार्यरत श्यामसुन्दर योञ्जन तामाङ्ग, सुवास मोक्तान, दिपेन गुरुङ्ग र सुजन मोक्तान लगायतको पहलमा २ लाख ६० हजार रकम जम्मागरी २१ वर्षकी मृगौला पीडित लक्ष्मी वर्देवालाई सहयोग स्वरुप प्रदान गरिएको हो ।
सहयोग रकम धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ्ग, वडा सदस्य लालचन गोङ्गवा,क्षेत्रीय होटल एशोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, स्थानिय मानवहादुर विक लगायतको उपस्थितीमा हिले वुद्धचोकमा आयोजित एक कार्यक्रमको वीच श्यामसुन्दरका बाबा आमा राम वहादुर र राममाया तामाङ्गले पीडित किशोरीलाई प्रदान गर्नुभएको छ ।

उल्लेखित रकम मध्ये नगद १० हजार पीडित किशोरीको व्यक्तिगत खर्चका लागि किशोरीलाई नै प्रदान गरिएको छ । बाँकी २ लाख ५० हजार रकम किशोरीको दिदीको नाममा लक्ष्मी बैंकमा रहेको खातामा आजै जम्मा गरिएको १ नं वडाध्यक्ष निरेन तामाङ्गले वताउनुभयो ।
बैंकमा जम्मा गरिएको रकम पीडित किशोरी उपचारका लागि मात्र खर्च गर्नेगरी राखिएको उहाँले वताउनुभयो । आफुलाई सहयोग गर्नुहुनेहरुप्रति पीडित किशोरीले धन्यवाद व्यक्त गर्नुभयो ।


