धनकुटामा १ करोड १५ लाख बराबरको स्मार्ट भिलेज कार्यक्रम सञ्चालन
मानवी मोक्तान (मालाती ) धनकुटा खबर । धनकुटानगरपालिका र यूएनडिपि को आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नमुना गाँउ बनाउने अभियानका साथ एक करोड १५ लाख बराबरको स्मार्टभिलेज कार्यक्रम सञ्चालन भइरहेको छ ।
नगरपालिकाले नगरको विभिन्न वडाहरुमा किसानको उत्पादन वृद्धि गरी कृषकलाई आत्मा निर्भर बनाउने उद्देश्यले टनेल खेतीका लागि प्लाष्टिक टनेल हाउस नगरको ४ वटा वडामा ६ सय जना किसानलाइ वितरण गरिएको छ ।
त्यस्तै गरी ६ सय किसानलाई रसायनिक मल प्रयोग न्यूनिकरण का लागि गोठ सुधार कार्यक्रम अन्तरगत मलमुत्र संकलनका लागि ट्यांकि वितरण गरेको मेयर चितन्न तामाङले बताउनु भयो ।

त्यस्तै अन्य कार्यक्रम हरुमा उहाँका अनुसार प्लाष्टिक पोखरी निर्माण गरी हिउँद र सुख्खा समय तथा पानीको अभाव क्षेत्रमा सिचाइको सुबिधा पु¥याने उद्देश्ले ६ सय कृषकलाई प्लाटिक पोखरी वितरण गरिएको छ भने जलवायू परिवर्तन न्यूनिकरणका लागि कुहने फोहोर तथा गोबर प्रयोग गरेर ग्यास उत्पादनका लागि ४२ वटा होम वायो ग्यास वितरण गरेको छ ।
त्यस्तै किसानलाई धनकुटा स्मार्ट कृषि एप्स बाट कृषि सम्बन्धि बजार भाँउ , मौसम , कृषि सम्बन्धि नयाँ प्रबिधि लगायतको विषयमा सुचना तथा जानकारी दिने उद्देश्यले धनकुटा स्मार्ट कृषि एप्स सञ्चालन गर्नका लागि नगरको ४ वटा वडामा सामुहिक रुपमा सञ्चालन गर्न मिल्ने गरी ३० वटा वाइफाइ सेवा वितरण गरिएको छ ।

माहुरी पालन हुने ठाउँमा माहुरीको घार वितरण गर्ने कार्यक्रम रहेको मेयर तामाङ ले बताउनु भयो । साथै यी कार्यक्रमहरु नगरको साडे ६ सय घरमा पु¥याउने योजना रहेको र साथै आउदो वर्ष पनि कार्यक्रमलाई निरन्तता दिने योजना रहेको बताउनु भयो ।


