धनकुटामा घरभाडा छुट गर्नेहरु थपिदै, १ सय बढी घरधनीले गरे घरभाडा छुट गर्ने घोषणा

धनकुटा खबर, असार ६ । कोरोना भाईरस संक्रमण नियन्त्रणकालागि गरिएको लकडाउनको कारण उद्योग व्यापार व्यवसाय वन्द भई संकटमा परेका व्यापारी व्यवसायीहरुलाई सहयोग पुर्याउने लक्षका साथ धनकुटा जिल्लामा घरधनीहरुले घर भाडा मिनाहा गर्ने क्रम जारी छ ।

जस अनुसार आज धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित १ सय जना भन्दा बढीले घर भाडा छुट गर्ने घोषणा गरेकाछन् ।

आज घर भाडा मिनाहा गर्नुहुनेहरुमा धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित धनकुटा नगरपालिका वडा नं ७ हुलाकटोलका यूवा समाजसेवीहरु सुरेन्द्र आठपहरिया, विस्सेश्वर जोशी,सरिता श्रेष्ठ जोशी,धनकुटा नगरपालिका वडा नं। ५ कासमााज सेवी तथा यूवा व्यावसायी बिनय प्रधान, समाजसेवी दोर्ण गुरागाई, धनकुटा वडा नं ६ वीचबजारका समाजसेवीहरु मानवहादुर पराजुली,पवित्रा पराजुली,पुस्कनाथ श्रेष्ठ,गोपाल वहादुर श्रेष्ठ,गिता श्रेष्ठ रहेको संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

यसैगरी धनकुटा नगरपालिका वडा नं ६ का इन्द्र वहादर श्रेष्ठ, दिपेश शाही, सरिता श्रेष्ठ, दुर्गा श्रेष्ठ, विष्णु प्रसाद पौडेल, राधिका पौडेल,गंगा खड्की, बिद्या राई, शिखर श्रेष्ठ, पूर्ण कृष्ण श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं ७ का रोशनराज श्रेष्ठ, दुर्गा श्रेष्ठ,योगिन श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, हरी कुमार श्रेष्ठ,दिपन श्रेष्ठ, कमला श्रेष्ठ, अन्तकुमारी श्रेष्ठ, रुकमणी श्रेष्ठ, दिपिका शाक्य, मिना श्रेष्ठ, इन्दु श्रेष्ठ, सुनिता श्रेष्ठले पनि भाडा मिनाहा गरेकाछन् ।

जिल्लाभरीका घरधनीको घर घरमै गएर भेटघाट तथा छलफल गदै लक डाउनका कारण उद्योग व्यापार तथा व्यावसाय बन्द हुदा व्यापारी, व्यावासायीहरुलाई संकट परेकोले घर भाडा मिनाहा गरी सहयोग गरीदिन उद्योग बाणिज्य संघले अनुरोध गरिरहेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।