अरुण नदी छेउका वासिन्दालाई सर्तक रहन आग्रह
धनकुटा खबर, असार ७ । अरुण नदीले छोएको धनकुटाको विभिन्न स्थानिय तहका वासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय धनकुटाले सचेत गराएको छ ।
प्रशासनले आज एक सूचना प्रकाशन गर्दै धनकुटाको महालक्ष्मी नगरपालिका, पाख्रीवास नगरपालिका, सागुरीगढी गाउँपालिका र शहिदभूमि गाउँपालिककाको अरुण नदीले छोएको स्थानका सर्वसाधारणलाई नदीमा माछा मा र्ने, पौडि खेल्ने, नदी किनारमा जाने लगायतका काम नगर्न सचेत गराएको हो ।
अविरल वर्षाको कारण संखुवासभाको मकालु गाउँपालिका वडा नं २ र ५ को सिमानामा पर्ने कास्वा र अरुण नदी मिसिने दोभानको ओयाङ्ग भन्ने सथानमा पहिरो गई नदीको केही भाग थुनिएकोले यो खोलिदा हुन सक्ने जोखिमलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यलयले उल्लेखित नगर र गाउँपाालिकाका स्थानियलाई नदीमा माछा मा र्ने, पौडि खेल्ने, नदी किनारमा जाने लगायतका काम नगर्न भनिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।



