धनकुटामा कोरोना फैलन नदिन र हुन सक्ने विपतलाई रोक्न प्रभावकारी अभियान चलाईने

धनकुटा खबर । धनकुटा जिल्लामा कोरोना भाईरस संक्रमण फेरी फैलन नदिन र बाढी पहिरो लगायत हुन सक्ने अन्य विपतलाई रोक्न अझ प्रभावकारी रुपमा अभियान संचालन गर्ने जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा धनकुटा जिल्ला विपत व्यवस्थापन समितिको आज सम्पन्न बैठकले जिल्लामा कोरोना भाईरस संक्रमण फैलन नदिन र मौषम परिर्वतन संर्गै अव हुन सक्ने बाढी पहिरो लगायत विपतलाई रोक्नलाई अझ प्रभावकारी रुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना भाईरस संक्रमित ८ जना यसअघि नै निको भै काममा फर्किसकेकोले धनकुटा जिल्ला अहिले कोरोना भाईरस संक्रमण मुक्त भईसकेको छ ।

वैठकमा जिल्ला समन्वय समिति धनकुटका प्रमुख टंक वहादुर चौहान, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,वरख गण सल्लेरी व्यारेकका गणपती कर्णेल भगवानमान थापा,जिल्ला प्रहरी कार्यालय धनकुटका एस पी गोविन्द्र अधिकारी,नेकपा धनकुटका सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राई,जनता समाजवादी पाटी धनकुटाका अध्यक्ष बल वहादुर राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख मन कुमारी राई, सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निल वहादुर थापा लगायतले धनकुटाका कोरोना संक्रमितहरु सवै निको भै काममा फर्कीसकेकाले अहिले धनकुटा कोराना मुक्त जिल्ला भएकोले अव कोरोना भाईरस फैलन नदिन पूर्व तयारीका साथ व्यापक ढंगले लाग्नु पर्नेमा जोड दिएका थिए ।

वैठकले विपत पूर्व तयारी प्रतिकार्य योजना र मँौषमसम परिर्वतन पूर्व तयारी प्रतिकार्यत्मक योजना तयार गरी पास गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताउनु भयो ।

वैठकमा पाख्रीवास नगरपालिकाका उपप्रमुख देवकला कार्की धनकुटा जिल्ला समन्वय अधिकारी राम नारायण श्रेष्ठ,सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका गुल्मपती सचिन कर्माचार्य,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत रत्न दर्माली,स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई,धनकुटा अस्पतालका प्रमुख डा पुजन विश्वकर्मा लगायत विभिन्न सरकारी तथा गैरसकारी कार्यालयका प्रमुख सहित सञ्चारकर्मीको उपस्थिती थियो । सोही अवसरमा धनकुटा कोरिया समाजले धनकुटा जिल्लाका सवै पालिका विभिन्न संघ संस्थाहरुलाई पठाएको स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु जिल्ला विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विमलीलाई हस्तान्तरण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।