अष्ट्रेलियाको मेलवर्नमा राखियो बाटोको नाम ‘गोर्खा वे’

मेलवर्न । अस्ट्रेलियाको विक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको Wyndham Vale काउन्सिलमा बन्दै गरेको एउटा नयाँँ बस्तीमा दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगति प्राप्त गर्ने नेपालीको संझनामा एउटा बाटोको नाम Gorkha Way राखिएको छ । यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी छन जस्ले करीब १,००० बर्गमिटर क्षेत्रफल ओगटछ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।

यसरी बाटोको नाम राख्नका लागि मेलबर्नको वैरबी निवासी श्रीमती रोशनी श्रेष्ठले पहल गर्नु भएको हो । यस्तो सोंच उहाँ विक्टोरिया राज्यकै अर्को शहर वालाराट बस्दादेखि नै आए तापनि त्यहाँ यस्का लागि उपयुक्त वाताबरण नपाएकोले केही नगरिराखेकोमा वैरबीमा बस्न थालेपछि त्यहाँ War Museum पनि भएको पाएपछि नयाँँ बस्तीमा आफ्नो सोंचलाई मूर्त रुप दिन सकिन्छ कि भनी पहिला काउन्सिलमा प्रस्ताब राख्दा काउन्सिलले डेभलोपरसंग समन्वय राख्नुपर्ने सुझाएपछि डेभलोपरसंगको कुराकानीपस्चात प्रस्ताबलाई मूर्त रुप दिन अबधारणा प्रस्ताब माग गरेपछि उहाँले पेश गर्नु भएको अबधारणा प्रस्ताबलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेपछि यस्लाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपस्चात काउन्सिलको स्वीकृतिपछि यो नामले आधिकारिकता पाएको हो ।

विक्टोरिया क्रस प्राप्त नेपालीको नाममा यही बाटोको नजिकै शालिक राखेर कम्तीमा पनि बर्षको एक पटक यही बाटो हिंड्दै गएर शालिकमा सम्मान दिन पाए हुन्थ्यो भन्ने श्रीमती श्रेष्ठको सोंच रहेकोले यस्का लागि अबधारणा प्रस्ताब बनाउँदा र प्रकृया अगाडि बढाउँदासम्म जग्गा नै बाँकी नहुन सक्ने भएकोले यथाशक्य छिटो डेभलोपरसंग समन्वय गरी योजनाकारलाई यो प्रयोजनको लागि सम्भब भएसम्म आबस्यक जग्गा छुट्याइदिन अनुरोध गर्न सुझाब दिएका छन लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले ।

संभवत मेलबर्नमा महत्वपूर्ण ठाउँमा बाटोको नाम यसरी नेपाली राखिएको पहिलो हुन सक्ने भन्दै सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै शालिक स्थापनाको सोंचले पनि मूर्त रुप लेवस भन्ने शुभकामना ब्यक्त गरेका छन श्रेष्ठले ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।