भित्रियो ढल र मङ्गल सफा गर्ने प्रविधि

ललितपुर । ललितपुर जिल्लामा जिटिङ, रोडिङ एन्ड ग्र्याबिङ नामक नयाँ प्रविधि भित्रिएको छ । महानगरपालिका–३ ले पानीको ढल र मङ्गल सफा गर्न उक्त प्रविधि भित्र्याएको हो । वडाले वार्षिक रुपमा पाउने रु दुई करोडको बजेटमध्ये चालू आर्थिक वर्षको रु ७७ लाख तिरेर सो प्रविधि खरिद गरेको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो प्रविधिले २० फिटमुनिसम्मको फोहर झिक्ने काम गर्छ । यस प्रविधिभित्र एक हजार ५०० लिटरको पानी ट्याङ्की पनि हुन्छ ।” सो वडा पाटनढोकादेखि कीर्तिपुरसम्म जोडिन पुग्ने भएकाले जनताको सुविधाका लागि सानो रकममा सहयोग प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको महर्जनले बताउनुभयो । सो प्रविधिले तीन किसिमको काम गर्छ ।

एउटा पानी सफा गर्ने, ढलभित्र भएका बोरा, पुराना कपडा तथा प्लाष्टिक तान्ने र अर्को भने प्रविधिको सहायताले सफा पानी प्रयोग गरी मङ्गाल भित्रको फोहर तान्ने काम पनि गर्छ । एभिडा कामधेनु नामक कम्पनीको प्रविधि नेपालमा पहिलोपटक भित्र्याएको महर्जनले दाबी गर्नुभयो । सो प्रविधिलाई इन्धनको प्रयोग गरी सञ्चालन गराउनुपर्छ ।

“वडाभित्र प्रविधिलाई प्रयोग ल्याउनुपूर्व यसमा एक चालक, दुईजना सहयोगी र प्रविधिले हरेक पटक झिकेको फोहर व्यवस्थापन गर्ने स्थानको सुनिश्चितता हुनुपर्ने छ”, महर्जनले भन्नुभयो, “महानगरपालिकाको अन्य २८ वडामा यस प्रविधिलाई प्रयोग गराउनुपूर्व हामीले समितिसँग बसी छलफल गरेर त्यसै अनुरुपको सेवा र सुविधा दिने लिने निर्णय गराउनेछाँै ।” रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।