धनकुटाको पाख्रीवास नगरपालिकाका किसानहरुलाई नि:शूल्क डाले घाँसको विरुवा वितरण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका पशुपालक किसानहरुलाई आज नि:शूल्क रुपमा डाले घाँसको विरुवा वितरण गरिएको छ ।

नगरको पशु सेवा शाखाको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अन्र्तगत १० वटै वडाका १ सय १५ जना किसानलाई नि:शूल्क रुपमा डाले घाँसको १० हजार विरुवा वितरण गरिएको हो । पशु पोषण आहारा व्यवस्थापन गर्ने उद्देश्यका साथ किसानहरुलाई वकैनो,नेभारा,टाँकी र मेन्डोला जातको डाले घाँसको विरुवा नि शूल्क रुपमा प्रदान गरिएको पशु सेवा शाखा प्रमुख गोरख वहादुर तामाङ्गले जानकारी दिनुभयो ।

शाखा प्रमुख तामाङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच कार्यक्रमका प्रमुख अतिथि तथा पाख्रीवा नगरपालिका ४ का वडाध्यक्ष शोवित निरौलाले किसानहरुलाई ती घाँसको विरुवा प्रदान गर्नुभएको थियो ।

चालु आर्थिक वर्ष २०७६/७७ को १ लाख वजेट मार्फत डाले घाँसको विरुवा वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ । यो सँगै पशु सेवा शाखाको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम सकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।