किवी खेतीको पकेट क्षेत्र विस्तारका लागि १६ सय बोट किवीको विरुवा वितरण
असार,२५ धनकुटा । धनकुटा नगरपालिकाको वडा नं १ लाई किवी खेतीको पकेट क्षेत्र विस्तारका लागि यहाका किसानहरुलाई वडाले १६ सय वोट किवीको विरुवा वितरण गरेको छ ।

भू तथा जलधार व्यवस्थापन कार्यलय धनकुटाको सहयोगमा उल्लेखि संख्याको किवीको विरुवा किसानहरुलाई वितरण गरेको वडाले जनाएको छ ।
जलेश्व वहुउद्देश्यीय कृषक समूह सँग सम्झौता गरेर नि शूल्क रुपमा विरुवा वि तरण गरिएको वडाध्यक्ष निरेन तामाङ्गले जानकारी दिनुभयो । अहिले यो वडाको ५५ रोपनी जग्गा क्षेत्रफलमा किवी खेती भईरहेको र यो खेतीको सम्भावना राम्रो देखिएकोले अव २ सय रोपनी पुर्याउने लक्ष्य राखिएको उहाँले वताउनुभयो । साथै व्यवसायिक रुपमा किवी खेती गरि कृषकलाइ आत्मा निर्भर वनाउन यो खेती विस्तार गर्ने योजना अघि सारिएको उहाँको भनाई छ ।


