महासंघको अक्षयकोषमा बेलायत शाखाबाट २३ लाख सहयोग

कृष्णप्रसाद शर्मा
लण्डन, साउन ४ । कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारलाई नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा महासंघ बेलायतले रु २३ लाख सहयोग गर्ने भएको छ । शाखाको शनिबार लण्डनमा जुममार्फत बसेको बैठकले सो निर्णय गरेको हो ।

सहयोग गरिएको रकममध्ये रु २० लाख अक्षयकोषमा राखिने तथा रु तीन लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारका लागि तत्काल खर्च गरिनेछ । पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको सो आपत्कालीन कोषमा यसअघि केन्द्रीय समितिले रु ३० लाख जम्मा गरिसकेको छ । केन्द्रीय समितिले सो कोषमा कम्तीमा रु एक करोड जम्मा गर्ने लक्ष्य लिएको छ ।

शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गरेको हो । यस्तै बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा भएको सो बैठकले बेलायतमा कार्यरत नेपाली पत्रकारलाई प्रोत्साहन गर्नका लागि एक हजार पाउण्ड राशिको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी महासंघद्वारा आपत्कालीन कोष सञ्चालन निर्देशिका तथा मापदण्ड बनाउन गठित समितिमा शाखाका महासचिव सञ्जयभक्त कँडेललाई पठाउने निर्णय पनि गरिएको छ । बैठकमा महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोभिड–१९ बाट उत्पन्न समस्याका कारण नेपालमा झण्डै दुई हजार पत्रकारले रोजगारी गुमाएको तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा पाँच एफएम रेडियो स्टेशन बन्द भएको जानकारी दिए।

महासंघका महासचिव रमेश विष्टले रोजगार गुमाएका पत्रकारलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको बताए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।