धनकुटामा संस्कृति जोगाउँने रुपमा मात्र मनाइयो गठेमंगल !

धनकुटा खबर । प्रत्येक वर्षको साउन कृष्ण चतुर्दर्शीका दिन धनकुटामा समेत भव्यरुपमा मनाउँदै आएको गठेमंगल पर्व यो धनकुटामा भने कला संस्कृतिको जगेर्ना गर्ने रुपमा मात्र मनाइएको छ ।

कोरोना महामारीका कारण देशमा यातायत संचालन नभएको बर्षाको समय भएले गर्दा कला संस्कृतिको जगेर्ना गर्ने रुपमा मात्र यस बर्षको गठेमंगल पर्व मनाईएको नेवा.पुच धनकुटाका अध्यक्ष नविनकिशोर शाक्यले जानकारी दिनु भयो । अघिल्ला बर्षहरुको जस्तो उत्साह नभए पनि इतिहासिक स्थानहरुमा घण्टाकर्ण स्थापना गरिएको र विहान केहि समय डोरी टाँगेर स्वैछिक रुपमा पैसा संकलन समेत गरीएको अध्यक्ष शाक्यले जानकारी दिनु भयो ।

प्रत्येक वर्षको साउन कृष्ण चतुदर्शीका दिन यो पर्व नेवाः समुदायमा गठेमंगल भव्यताका साथ मनाउने गरिन्छ । साउन कृष्ण चतुदर्शीका दिनलाई नेपाल भाषामा ‘सिनाज्या ब्यन्केगु’ पनि भनिन्छ ।

सिनाज्या ब्यन्केगुको यस दिनलाई मरीमेटी खेतीपातीको काम सकाइसकेपछि सरसफाइ गर्ने दिन असार महिना रोपाइँको समयमा सफासुग्घर गर्न नभ्याउने समय भएकोले यो समय खेतबारीको काम सकाई सक्ने समय भएकोले महिना दिनपछि घर सफा गर्ने दिनको रुपमा पनि लिने गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।