गलत निर्णय सच्याउन भुपु सैनिक संघ धनकुटाद्वारा ध्यान आकर्षण पत्र पेश

धनकुटा खबर । भुपु सैनिक संघ धनकुटाले जेष्ठ नागरिकहरुलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता अन्तरगत विदेशि भुपु सैनिक पेन्सन वालाले पाउदै गरेको सामाजिक सुरक्षा भत्ता कटौति गरिएको प्रति विरोध जनाउदै बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको गलत निर्णय सच्याउन ध्यान आकर्षण पत्र पेश गरेको छ ।

जिल्ला प्रशाससन कार्यलय धनकुटामा पुगेर नेपाल सरकार तथा गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागको पत्र संख्या २०७६।०७७ चं नं १०६५ मिति २०७७ असार १ गतेको पत्रमा विदेश सरकारबाट नियमित रुपले निवृत्ति भरण प्राप्त गरी रहेका नेपनली नागरिकलाई सामाजिक सुरक्षा भक्ता प्रदान गर्न नमिल्ने भनि  २०७७ साल असार १७ गते को मन्त्रिस्तर बाट निर्णय भएको हुदा हामी विदेशमा नोकरी गरी अवकास प्राप्त भारतीय सिविलियन कर्मचारी भूपु सैनिक तथा सिविलियन कर्मचारी भुपुहरुको गम्भिर ध्यान आकर्षण भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्दै जिल्ला सभापति धन बहादुर खड्का,क्षेत्रिय सभापति श्याम प्रकाश राइ नेतृत्वको टोलिले धनकुटा जिल्ला प्रशासण प्रमुख मार्फत प्रधान मन्त्रि तथा गृह मन्त्रिलाई ध्यान आकर्षण पत्र पेश गरिएको छ ।

नेपाल सरकार बाट ७० वर्ष भन्दा माथि उमेरका जेष्ठ नागरिकलाई सम्मान वापत दिइने सामाजिक सुरक्षा भत्ता पाउने हाम्रो अधिकार हो  तर नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता कटौति गर्ने निर्णयले हामी विदेशि पेन्सरलाई अन्याय अपहेलना र अनागरीकको व्यबहार गरेको महसुस भएको र साथै हामी अत्यन्तै दुखकासाथ उक्त निर्णयको घोर विरोध सहित ७७ वटै जिल्लाका भूत पूर्व सैनिकहरुले विरोध स्वरुप सम्माननीय प्रधान मन्त्रि एवं गृह मन्त्री लाई प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको गलत निर्णय सच्याउन ज्ञापन पत्र पेश गरिएको ध्यान आकर्षण पत्रमा उल्लेख गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।