धनकुटाको हिलेमा सात मुखे नाग ! (भिडियो सहित)

धनकुटा खबर । धनकुटा नगरपालिका १ हिलेको धार्मिक पर्यटकीय स्थल वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा निर्माण गरिएको शेष नागको मूर्तिको आज अनावरण गरिएको छ ।

नाग पञ्चमीको अवसरमा मन्दिरमा परिषरमा आयोजित कार्यक्रमको वीच धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्ग र २ नं वाहिनीपति हिलेका यमकुमार ढकालले संयुक्त रुपमा मूर्तिको अनावरण गरेका हुन् ।

वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिंह तितुङ्गको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै धनकुटा नगरपालिकाका १ नं वडाध्यक्ष निरेन तामाङ्गले आफुहरुले कृषि,पर्यटन,शिक्षा,स्वास्थ्यको क्षेत्रलाई प्राथामिक्तामा राखेर काम गरिरहेको वताउनुभयो ।

वक्रकुण्ड मन्दिरमा नाग देखिएको ११ वर्ष पूरा भएको जानकारी गराउदै उहाँले यहाँ धार्मिक पर्यटन प्रवर्धनका लागि विकासका विभिन्न कामहरु भईरहेको वताउनुभयो ।

जसअनुसार २ लाख ७ हजार वरावरको लागमा यो मूर्ति स्थापना गरिएको उहाँले वताउनुभयो । आर्थिक वर्ष २०७६,७७ मा यो मन्दिर परिषरमा मात्र नगर र वडाको गरी २२ लाख लागतमा शेष नागको मूर्ति वनाउने,करिव २ मिटर सडकमा व्लक विछ्याउने सहितका काम गरिएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖