प्रतिबन्धका बीच धनकुटामा गाईजात्रा मनाइयो
धनकुटा खबर, २० साउन । जिल्ला प्रशासनको प्रतिब,न्धका बीच धनकुटाका नेवारी समुदायले गाईजात्रा मनाएका छन् । स्थानीय प्रशासनले जात्रा निकाल्न प्र,तिबन्ध लगाएपनि धनकुटा सदरमुकामको भीमनारायण चौक, कर्मिटाहार, बीचबजार, हुलाकटोल लगायतका स्थानबाट दिंवगतको संझनामा मृ,तकका परिवार र आफन्तले गाईजात्रा निकालेका थिए ।

कोरोना भाइरस संक्रमण बढेको भन्दै प्रशासनले कडाई गरे पछि बिगतमा जस्तो नगर परिक्र,माको कार्यक्रम स्थगित गरी टोलटोलमै गाइजात्रा मनाइएको थियो । सदरमुकाम बाहिरका हिले, सिंधुवा, पाख्रीबास मुलघाट लगायत नेवारी समुदायको बाक्लो बस्ती भएका स्थानमा गाइजात्रा निकालिए पनि बिगतमा जस्तो रौनक भने देखिएन ।


