किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिम आग्जानी गर्नेलाई कारवाही गर्न माग
तेह्रथुम । ताप्लेजुङमा रहेको किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिम आग्जानी गर्नेलाई कारवाहि गर्न किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमले माग गरेको छ । शाखाको आज वसेको भर्चुअल बैठक पछि एक विज्ञप्ति जारी गर्दै शाखाले त्यस्तो माग गरेको हो ।
ताप्लेजुङ जिल्लाको फक्ताक्लुङ गाउँपालिका वडा नं २ साविक खेजेनिम ५ मा रहेको किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिम साउन २६ गते राती अज्ञात अपराधिक समूहले ग्यास सिलिण्डर लाई वोराले वेरि ३० लिटर मट्टी तेल छर्की आग्जनी तथा तो,डफो,ड गरि धार्मिक सहिष्णुता माथि खलल पुर्याएको र यस्ता गतिविधिले एकापसी हित सामाजिक सद्भाव, धार्मिक विविधता माथि नै खलल पुर्याएकोले दोषी व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न स्थानिय सरकार, प्रशासन समक्ष किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुम जोडदार माग गर्दछ शाखाका अध्यक्ष राजकुमार तेयुङ तरेवाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यस अघि पनि प्रदेश नं १ को तेह्रथुम, ताप्लेजुङ र संङखुवासभाको संगम स्थल मेन्छ्यायाम कोक्मा डाँडामा निर्माणाधिन किरात मेन्छ्यायाम युमा माङहिमको समेत रातको समयमा तीन पटक अज्ञात समूहले आ,क्रमण गरि भत्काउने काम भएको पनि सम्पूर्ण लिम्वुवान संघहरु याक्थाङ संघ, किरात याक्थुङ चुम्लुङ, आदीवासी संस्था, तुतु तुम्याङ, नागरिक समाजलाई शाखा विज्ञप्ति मार्फत अवगत गराएको छ ।
त्यति मात्र नभई ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ साविक लेलेप १ मा रहेको तागेरा निमाभुङ फुकु कोपिपकमा राष्ट्रिय विभूति,किरात धर्मदर्शनका महान दार्शनिक महागुरु फाल्गुनन्द लिङदेनको शालिक स्थापनाका लागि तयारी गरिएकोमा त्यो पनि रातकै समयमा अज्ञात समूहले तोडफोड तथा आग्जनी गरेकोले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई पनि पहिचान गरी कानुनी दायरामा ल्याई कडा भन्दा कडा का,रवाही गर्न शाखाले स्पथानिय प्रशासन र नेपाल सरकार समक्ष माग गरेको छ ।



