२५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ को काम अन्तिम चरणमा

लमजुङ, भदौ १० । लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।

लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजनाको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

२५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको अब केही टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम अहिले भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिएर्। कोरोना भाइरसले असर नपारेमा करिब आगामी असोजभित्र आयोजनाको निर्माण सक्ने लक्ष्य छ,’ उनले भने।

विसं २०७१ बाट निर्माण सुरु भएको आयोजनाको निर्माण कार्य २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत साउनमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ।

सम्झौताअनुसार आयोजनाको निर्माण गत चैत ३० गतेसम्म सकिनुपर्ने थियो। सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए।

आयोजनाको निर्माण अवधि थपिँदा लागत ६७ करोड ६० लाख बढी लाग्ने अनुमान गरिएको छ। आयोजना निर्माणका क्रममा तीन अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, अहिले बढेर चार अर्ब ६३ करोड ६० लाख पुग्ने अनुमान हुन थालेको छ।

आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने कम्पनीको अनुमान छ। आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।

आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत गृहमा झारिने आयोजनाले जनाएको छ।

आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ। आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ।

जिल्लामा यस आयोजनासहित दोर्दी करिडोरमा मात्र पाँचवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । ती अधिकांश आयोजनाले यस आर्थिक वर्षभित्रै विद्युत् उत्पादन गर्ने तयारी भइरहेको छ।

यी सबै आयोजनाको निर्माणपश्चात वार्षिक करोडौँको बिजुली उत्पादन हुने भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् केन्द्रबाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । त्यस्तै जिल्लामा एक दर्जनभन्दा बढी आयोजना निर्माणाधीन छन्। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।