एलिजा गौतम र पुष्प खड्का अभिनित ‘म सास बन्न पाए’ गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौं । चर्चित नायक पुष्प खड्का र नायिका एलिजा गौतम अभिनित म सास बन्न पाए बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एन.आर क्रिएशनमार्फत आज अपरान्ह उक्त भिडियो सार्वजनिक गरिएको छ । नरेश रेग्मीको स्वर रहेको उक्त गीतमा शब्द रचना र संगीत भने वसन्त सापकोटाको रहेको छ ।
म्युजिक एरेन्जर सञ्जिव बराईली हुन् । पदम सुवेदीको सम्पादन रहेको भिडियो अर्जुन तिवारी र टिमले छायाँकन गरेको हो । भिडिओको निर्देशन तथा कोरियोग्राफी भने शिब बि.क.को रहेको छ ।
लकडाउनकै अवधिमा यसअघि एलिजा अभिनित आधी कपाल गीतको भिडिओपनि सर्वाधिक रुचाईएको थियो । भिडियोमा नायक खड्का र नायिका गौतमको जोडी अत्यधिक जमेको छ। हेर्नुहोस् भिडियो


