धनकुटा उद्योग बाणिज्य संघद्वारा बजारमा आन्तरिक अनुगमन

भाद्र १२,धनकुटा । जिल्लामा दिनप्रतीदिन कोरोना भाईरस फैलदै गएपछि यसको नियन्त्रिणका लागि धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटा बजारमा आन्तरिक अनुगमन गरेको छ ।

संघले कोरोना भाईरस समुदाय स्तरमा फैलन नदिनका लागि त्यहाँका बजार, पसलहरुमा उपभोग्य समाग्री खरिद तथा विक्रि गर्दा र बजारमा अत्यावाश्यक काममा हिडडुल गर्दा अनिवार्य सामाजिक दूरी कायम गर्न र मास्क लगाउन सहजीकरण गर्दै आन्तरिक बजार अनुगमन गरेको हो ।

धनकुटाको शहिद भीम नारायण चौकबाट शूरु गरी धनकुटा बजारको विभिन्न क्षेत्रहरुमा संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ सहित प्रहरीको टोलीले आन्तरीक अनुगमन गर्दै सामाजिक दूरी कायम गर्न र माक्स लगाउन सहजीकरण गरेका थिए ।

अनुुगमनको क्रममा धनकुटा उद्योग बाणिज्य संघले उपभोक्ता र व्यापारीहरुले अहिले भोग्दै आएको समस्या समाधानको वारेमा छलफल समेत गरिएको संघका अध्यक्ष राईले जानकारी दिनु भयो ।

जिल्लाका हिले,पाख्रिवास,सिधुवा,भेडेटार लगायतका बजार क्षेत्रमा रहेका संघका पदाधिकारी तथा सदस्यहरुले पनि आ आफ्नो क्षेत्रमा व्यापारी तथा उपभोक्ता सँग भेट गर्दै उनिहरुको समस्याको वारेमा छलफल गरी समस्या समाधान गर्ने संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।