धनकुटा जिल्लामा निषेधाज्ञा भदौ २२ सम्म लम्बियो

धनकुटा खबर । जिल्ला प्रसाशन कार्यालय धनकुटाले जिल्लालाई भदौ ११ गते राती १२ बजे देखि भदौ १७ गते राती १२ बजे सम्म घोषणा गरेको निषेधित क्षेत्रलाई निरन्तरता दिंदै भदौ २२ गते सम्म लम्बाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार धनकुटा जिल्ला भरी लागु हुने गरी आज राती १२ बजे देखि भदौ २२ गते राती १२ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणालाई निरन्तरता दिइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।

कोभिड १९ रोगको संक्रमण नियन्त्रण र व्यावस्थापन गर्नका लागि निशेधित क्षेत्र घोषण गरिए पनि औषधी पसल बाहेकका अन्य खाद्य बस्तुका पसल बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजे सम्म स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै संचालन गर्न पाइने छ ।

राजमार्गका ढुवानी सेवाहरु यथावत संचालन हुने,दैनिक उपभोग्य खाद्य पदार्थ,कृषिजन्य र पशुजन्यको ढुवानीको पनि रोक लगाइएको छैन तर जिल्ला सिमा नाकामा अत्यावाश्यक सेवा बाहेकका सबै यात्रुबाहक सवारी साधनको प्रबेश निषेध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।