यी नेपालीको नाममा बेलायतको रेल सेवाको नामकरण गरिँदै

काठमाडौं : बेलायतको एक रेल सेवा ग्रेट वस्टन रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ। दोस्रो विश्वयु,द्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मान स्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ। दोस्रो विश्वयु,द्धमा आफ्नो बहादुरी देखाएका पुन भिसी पाउँदा केवल २१ वर्षका थिए।

उक्त रेलसेवाका सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरिसकेको र यो पटक तुल बहादुर पुनलाई सम्मान गर्ने बताए। उनले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए । गोर्खा वेलफेयर ट्रष्टका एडम वेन्थमले गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहेको उल्लेख गरे ।

उनले भने “हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ,यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौँ।” गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तररूपमा दवाब दिने ट्रष्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताइन्।

जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनु पर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्र पङ्क्ति रहेर काम गरेका थिए । पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने मृत्यु २० अप्रिल २०११ मा पर्वतमा भएको थियो। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।