यसरी गरियो धनकुटा १ मा अवस्थित लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा झर्ना जाने बाटो सरसफाइ

भाद्र २०,धनकुटा ।धनकुटा नगरपालिका वडा नं १ ओक्मालुङका यूवाहरुले आज समाजका लागि एक दिन भन्ने नाराका साथमा लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा लुङ्गधाङ्ग झर्ना जाने बाटो सरसफाइ गरेकाछन् ।

ओक्मालुङ यूवा क्लबका अध्यक्ष उत्सव राइको नेतृत्वमा नगरको पर्यटकिय स्थल लुङ्गधाङ्ग सात तले गुफा र लुङ्गधाङ्ग झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावत गर्न सजिलो होस भन्ने उद्देश्यले गुफा र झर्ना जाने बाटो सरसफाई गरेको लुङ्गधाङ्ग धार्मिक सात तले गुफा व्यवस्थापन समितिका सल्हाकार एवम नेकपा नगर अध्यक्ष अर्जुन छाराहाङले जानकारी दिनुभयो ।

पर्यटकिय स्थल लुङ्गधाङ्ग धार्मिक सात तले गुफा परिसर भित्र धार्मिक आस्था राख्ने पर्यटकहरुका लागि गुफा घुम्न तथा पूजापाठ गर्ने व्यवस्था छ । भने लुङ्गधाङ्ग झर्ना र लुङ्गधाङ्ग ओक्मालुङ्ग झोलुङ्गे पुलमा मानिस घुम्न तथा रमाइलो गर्नका लागि विभिन्न ठाँउ रहेको छ । यहाँ पिकनिक स्पोर्ट, स्विमिङ पुल, समेतको व्यवस्था छ । बाटो सरसफाई कार्यमा समूका ५० जना युवाले सहभागिता जनाएको नेकपा नगर अध्यक्ष छाराहाङले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।