आज निषेधाज्ञाको १२ औं दिन : यस्तो छ पाख्रीबासको अवस्था
पाख्रीबास,धनकुटा/भदौ २२ । धनकुटा जिल्लामा जारी रहेको निषेधाज्ञाको आज १२ औ दिन र पु:न नबढाइए अन्तिम दिन हुनेछ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि धनकुटा जिल्ला प्रशासन कार्यालयले भदौ ११ गते मध्यरात देखि भदौ १७ मध्यरात सम्म र पु:न बढाउंदै भदौ २२ को मध्यरात सम्मलाई निषेधाज्ञा लम्बाएको थियो ।
निषेधाज्ञाको आज १२ दिन पुग्दापनि पाख्रीबास बजार क्षेत्रमा निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ।

जनजीवन प्रभावित भएपनि मानिसहरु सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै तोकिएको निश्चित समय अवधि भित्र अत्यावश्यक सामाग्री किनेर निषेध गरिएको समय पसलहरु बन्द गरेका छन् ।
सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै चलेको देखिन्छ। स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सुरक्षाकर्मी, विद्युत, बैंक लगायतका क्षेत्रका सवारीसाधन भने सञ्चालनमा छन।


