धनकुटा जिल्लामा निषेधाज्ञा खुकुलो ,भोलिबाट यी कामहरु गर्न पाइने

धनकुटा खबर । जिल्ला प्रसाशन कार्यालय धनकुटाले जिल्लालाई भदौ २२ गते राती १२ बजे सम्म घोषणा गरेको निषेधित क्षेत्रलाई भोलिबाट केही खुकुलो पारेको छ ।

कोरोना संक्रमणको जोखिमलाई कम गर्न भन्दै प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो पारेको हो ।

धनकुटा जिल्ला भरी लागु गरिएको निषेधाज्ञा आज राती १२ बजे देखि सकिंदैछ ।जिल्लाभरि भोलिबाट यी कार्यहरु गर्न छुट दिइएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

भोलिबाट घरबाट निस्केर आवतजावत गर्दा अनिवार्य रुपमा मास्क,सेनिटाइजरको प्रयोग गर्नु पर्ने साथै सरकारी तथा सार्वजनिक संस्था,बैंक तथा बित्तिय संस्थाका कर्मचरीहरुले स्वास्थ्य मापदण्ड पुरा गरि तथा सामाजिक दुरी कायम राख्दै सेवा प्रवाह संचालन गर्न पाउनेछन् ।

त्यसैगरि सवारी साधानहरुको हकमा राजमार्गमा ढुवानी साधानहरु संचालन गर्दा अनिवारेय स्वास्थ्य मापदण्डको पालना गर्ने साथै जिल्ला भित्र सवारी संचालन गर्दा स्वास्थ्य मापदण्ड र सामाजिक दूरी गरी कुल सिट संख्याको ५० प्रतिशत मात्र यात्रु राखि संचालन गर्नु पर्ने । त्यसैगरि जिल्ला सवारी नाकामा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका यात्रुबाहक सवारी साधनको प्रबेशलाई पूर्णरुपमा निशेध गरिएको छ ।

स्वास्थ्य,इन्धन,दैनिक उपभोग्य खाद्यपदार्थ,कृषिजन्य र पशुजन्य तथा मिर्माण सामग्री र औद्योगिक कच्चा पदार्थको ढुवानीको लागि कुनै रोक लगाइएको छैन ।

होटल तथा रेष्टोेरेन्टहरुको हकमा टेकअवे सेवा सन्चालन गर्ने,औषधी तथाअन्य पसलहरुले स्वास्थ्य मापदण्ड,सामाजिक दूरी,मास्क,सेनिटाइडर र साबुन पानीले हात धुने अनिवार्य मिलाई संचालन गर्ने तथा अन्तर जिल्ला संचालन हुने निजी तथा यात्रुबाहक सवारी साधनहरु संचालन नगर्ने ।

कुनै पनि बैठक,सेमिनार,सामुहिक भेला जस्ता जमघट हुने कार्यहरु भने अझै रोक लगाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।