बर्षाले धनकुटाका किसानलाई राहत
धनकुटा खबर । केहि दिन देखि परिवर्तन भएको मौषम संगै हिजो र आज धनकुटाका समेत धेरै स्थानमा बर्षा भए पछि किसानलाई राहत भएको छ ।
मकै वाली भित्राएर अन्य बालि लगाएका किसान लाई हिजो र आज परेको पानीले राहत दिएको हो किसानले अहिले विभिन्न जातका तरकारी वाली सहित दलहन तेलहन बाली बारी मा लगाएका छन् त्यस्ता वालि लाई अहिलेको बर्षाले ठूलो राहत दिएको धनकुटा नगरपालिका ५ का कृषक रोशन राईले बताए ।
अर्का कृषक चन्द्र बहादुर राईले भने यो बर्षाले किसान लाई साह्रै गुन लगाउको छ यसले तरकारी दलहन तेलहन बालि संगै आकाशे पानीको भरमा रोपाई भएका र सिंचाइ सुविधा नभएका धान खेतमा समेत यो बर्षाले काम दिएको छ । धनकुटाका धेरै स्थानमा केहि दिन देखि हल्का र मध्यम बर्षा भईरहेको छ ।


