ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग बाणिज्य संघद्वारा फेस सिल सहित सुरक्षित समाग्रीहरु वितरण
भाद्र २३,धनकुटा । कोरोना भाईरसको महामारीमा समेत अग्र भागमा रही काम गरिरहेका धनकुटा जिल्लाका ट्राफिक प्रहरीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले आज फेरी फेस सिल सहित सुरक्षित समाग्रीहरु वितरण गरेको छ ।

कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि भन्दै संघले ट्राफिक प्रहरीलाई ती सामाग्री प्रदान गरेको हो । यो माहामारीको समयमा समेत ट्राफिक प्रहरीहरुले फ्रन्ट लाईनमा रहेर निरन्तर काम गरिरहेकोले उच्च सम्मान गर्दै सूरक्षित समाग्रीहरु प्रदान गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
आफुहरुका लागि सूरक्षित समाग्री उपलब्ध गराएर महत्वपूर्ण सहयोग गरेको भन्दै जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख खड्काले उद्योग बाणिज्य संघलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
संघले दुई महिना अघि पनि धनकुटामा कार्यरत ट्राफिक प्रहरीहरुलाई सम्मान स्वरुप सूरक्षित समाग्री वितरण गरेको थियो ।


