नेपाली कांग्रेस धनकुटाले जडिवुटी र फलफुलको विरुवा रोप्दै यसरी मनायो १०७ औ विपि जयन्ति
भाद्र २४,धनकुटा । आज १०७ औ विपि जयन्ती नेपाली कांग्रेस धनकुटाले जडिवुटी र फलफुलको विरुवा रोपण गर्दै मनाएको छ ।
श्रद्दान्जली कार्यक्रमको समेत आयोजना गरेको उसले धनकुटाको शहिद भीम नारायण स्मृती भवन परिषर क्षेत्रमा सरसफाई गर्दै जडिबुटी र फुलका विरुवाहरु रोपेर विपि जयन्ति मनाएको हो । उसले जडिबुटी गुर्जो, ड्राईगन फल र विभिन्न जातका फुलका विरुवाहरु रोपेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सञ्चालित कार्यक्रममा सहभागीहरुले वि पि को विचार अहिले पनि उत्तिकै सान्र्दभिक भएकाले उहाँको विचारबाट हिडे मात्र नेपाली कांग्रेसले सफलता प्राप्त गर्न सक्ने वताएकाछन् ।
कार्यक्रमको सञ्चालन गर्दै पाटीका जिल्ला सचिव विजय सन्तोषी राईले विपि को योगदान र जिवनीको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा १ नम्वर प्रदेश सांसद लिला सुब्बा, जिल्ला उसभापति नविन किशोर शाक्य,मनोनित सचिव रविन्द्र नेपाली,सह-सचवि सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ १ नं प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना लगायतको उपस्थिति थियो ।


