धनकुटा उद्योघ बाणिज्य संघद्वारा सुरक्षित सामाग्री उपलव्ध गराउने कार्यलाई निरन्तरता

भाद्र २५,धनकुटा ।विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण वाट शर्तकता अपनाउनका लागि जिल्लाका विभिन्न संघ संस्थालाई सूरक्षित सामाग्री उपलव्ध गराउने कार्यलाई धनकुटा उद्योग वाणिज्य संघले निरन्तरता दिईरहेको छ ।

जसअनुसार आज पनि संघले फन्ट लाईनमा रहेर जिल्लामा दैनिक जनसेवा प्रदान गरिरहेका विभिन्न कार्यालयलाई फेस सिल, मास्क, सेनिटाईजर लगायतका सूरक्षित समाग्रीहरु प्रदान गरेको छ ।

जिल्लामा समुदाय स्तरमा समेत दिनप्रतिदिन कोरोना भाईरसको संक्रमण फैलिदा उच्च जोखिम वढेकोले जनसेवा प्रदान गर्ने र जनसम्र्पक बढी हुने कार्यालयका कर्मचारीहरु उच्च जोखिमा पर्दै गएकाले उनिहरुको शर्तकताका लागि करदाता सेवा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, विद्युत प्राधिकरण लगायत कार्यलयहरुलाई ती सामाग्री प्रदान गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको भनाई छ ।

सूरक्षित सामाग्री संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, कोषाध्यक्ष रुपेश श्रेष्ठ र कार्यकारी सदस्यहरुले करदाता सेवा कार्यालय धनकुटका प्रमुख रमेश ढकाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिनेश ढुंगाना, राष्टिय अनुसन्धान जिल्ला कार्यालय धनकुटका प्रमुख तुलसी कटेल,नेपाल विद्युत प्राधिकरण धनकुटाका प्रमुख इन्जिनियर दिपक सापकोटालाई कर्मचारीहरुका लागि प्रदान गरेका थिए ।

कोरोना महामारीका कारण जोखिम वढेको समयमा सूरक्षित समाग्रीहरु प्रदान गरी हौसला र उर्जा दिएको भन्दै उनिहरुले उद्योग बाणिज्य संघलाई धन्यवाद ज्ञापन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।