धनकुटा नगरपालिका वडा न ६ ले आज राती १२ बजे बाट लागु हुने गरि वडाका केहि क्षेत्र लाई शिल गर्ने
धनकुटा,२५ भदौ । धनकुटा नगरपालिका वडा न ६ ले वडामा समेत कोरोना संक्रमित फेला परेको भन्दै आज राती १२ बजे बाट लागु हुने गरि वडाका केहि क्षेत्र लाई शिल गर्ने भएको छ ।
आज बाट भदौ ३१ गते बुधबार सम्मका लागि सल्लेरी स्थित खानेपानी ट्याकीरहेको टोलदेखि दक्षिण बरखगण २ नम्बर गेट देखि पश्चिम कचिडे चोक देखि उतर गुधुर्मडाँडा शिलढुग्गा सामुदायीक वन देखि पूर्वको चार किल्ला भित्र रहेको टोल भित्र अत्यावश्यकीय काम बाहेक लाई पूर्ण रुपमा आवत जावतमा निषेध गरिएको वडा कार्यलयले जनाएको छ । साथै वडा कार्यलयले समेत अत्यावश्यकीय बाहेका सेवा बन्द गरेको जनाएको छ ।



