कुलमानको नियुक्ति लगभग तयार,आइतबार नियुक्तिको निर्णय

काठमाडौं, भदौ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन्।

कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार पूरा हुँदैछ। त्यसैले आइतबार नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ।

शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो।

बालुवाटारस्थित उच्च स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले कुलमानलाई नियुक्ति दिने तयारी गर्न उर्जामन्त्री पुनलाई भनेका छन्। मन्त्री पुनको सचिवालयका सदस्यहरूले पनि यसको पुष्टि गरेका छन्।

‘प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै नियुक्त गर्ने हो, त्यसका लागि तयारी गारौं’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले भने, ‘सहमति भैसक्यो अब कुलमान घिसिङको नियुक्ति हुन्छ।’

कार्यकारी निर्देशक नियुक्ति सम्बन्धी नियमावलीमा पुनर्नियुक्तिको स्पष्ट व्यवस्था नभएकाले आइतबार वा सोमबार बस्ने नियमित मन्त्रीपरिषदबाट निर्णय गरेपनि त्यो नयाँ नियुक्तिजस्तै नै हुनेछ। र, नियमावलीअनुसार मन्त्रीपरिषदले सिधै नियुक्ति दिनसक्नेछ।

भट्टका अनुसार पनि संभवतः आइतबार नै मन्त्रीपरिषदको बैठक बसेर कुलमानलाई नियुक्ति दिने निर्णय हुनेछ। आइतबार भएन भने सोमबार बस्ने मन्त्रीपरिषदको नियमित बैठकबाट नियुक्तिको निर्णय हुने देखिन्छ।

कार्यकारी निर्देशक भएपछि कुलमानले लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउन र ठूलो घाटामा चलिरहेको प्राधिकरणलाई नाफामा लैजान नेतृत्वदायी भूमिका खेलेका थिए। यद्यपी प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनको योजना र प्रोत्साहनले यसमा सफलता पाएको कुलमानले बताउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले करिब तीन हप्ताअघि नै मन्त्री पुनसँगको भेटमा कुलमानलाई निरन्तरता दिने संकेत गरेका थिए। त्यसयता प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच पनि कुलमानको निरन्तरताबारे छलफल भएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।