भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दै

बैतडी, २९ भदाै । सशस्त्र प्रहरी बलले भारतसँग सीमा जोडिएको क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । भारतसँग सीमा जोडिएको जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

बैतडीको भारतसँग ६१ किलो मिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ । जिल्लाको झुला घाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रहरी नायब उपरीक्षक शाहले बताउनु भयो। उहाँले भन्नु भयो, “तत्कालका लागि भौतिक संरचनाको अभाव भए पनि सशस्त्र प्रहरीले भाडाका भवन बसेर समेत सेवा दिइरहेको छ ।”

विस २०७५ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मको बैतडीमा स्थापना भएको थियो । उक्त गुल्म सदरमुकामस्थित गढीमा रहेको छ । त्यसपश्चात यही भदौ २५ गते भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाट, गत असार १६ गते पञ्चेश्वर गाउँपालिकाको रोलघाट र गत जेठ १० गते सीमानाका झुलाघाटमा बिओपी स्थापना भएको थियो ।

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन्। नेपाल सरकारले पनि सोहीअनुपातमा बिओपी थप्ने तयारी गरेको हो । सरकार ले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको हो । – रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।