पत्रकार महासंघ धनकुटा शाखालाई स्वास्थ्य सामग्री प्रदान
धनकुटा,२९ भदौ । कोरोना संक्रमणको जोखिमकाबिच अग्रपंत्तिमा खटिएर समाचार संकलन गर्ने पत्रकार लाई उपलब्ध गराउन भन्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखा लाई निशानदेवी मिडिया प्रालिले १० थान प्रेस ज्याकेट, मास्क, र भाइजर फेस सिल्ड प्रदान गरेको छ ।
घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका पूर्वअध्यक्ष छिरिङ राप्के लामा र मुकुन्द सुवेदीको पहलमा घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको सहयोगमा प्राप्त भएको स्वाथ्य सामग्री निशान न्यूज डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइलीले नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लाई आज एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा आदीवासी जनजाती पत्रकार संघ धनकुटा शाखाका अध्यक्ष सन्तबीर लामा, प्रेस यूनियन धनकुटा शाखाका सचिव विकास घिमिरे, प्रेस संगठन धनकुटाका सह संयोजक इश्वर थापा, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य सन्तोष रुचाल, लगायतले पत्रकार लाई सुरुक्षा सामग्री उपलब्ध गराएकोमा घ्याल्सुम्दो सेवा संस्था र निशान न्यूज डटकमका लाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै निशान न्यूज डटकमका सम्पादक बराइलीले कोरोना संक्रमणको जोखिमका बिच अग्रपंत्तिमा खटिएर समाचार संकलन गर्ने पत्रकार लाई सुरक्षित रहनको आग्रह गर्नु भएको थियो । कार्यक्रमा बोल्दै महसंघ धनकुटाका श्रेष्ठले सबै सहयोगीहरु लाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमा महासंघ धनकुटाका सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल, पत्रकारहरु पूर्णकुमार चौधरी, सरिता बराइली, शोविस चेम्जोग, लगायतको उपस्थिती रहेको थियो ।


