भेडेटारका होटल तथा पर्यटन व्यावसायीद्वारा व्यवसाय सञ्चालनकाे लागि वातारण वनाईदिन माग गर्दै सराेकारवाला निकायलाई ज्ञापन पत्र

भाद्र २९,धनकुटा । काेराेना महामारीका कारण आफुहरुकाे व्यवसाय धरासायी वनेकाे भन्दै पूर्वको पर्यटकीय केन्द्र धनकुटाको भेडेटारका होटल तथा पर्यटन व्यावसायीले व्यवसाय सञ्चालनकाे लागि वातारण वनाईदिन माग गर्दै सराेकारवाला निकायलाई  ज्ञापन पत्र वुझाएका छन् ।

विगत ६ महिना देखीको निरन्तर वन्दका कारण व्यावसाय पूर्ण रुपमा धारासाही भएको भन्दै धनकुटाको पर्यटकीय स्थल भेडेटारका होटल व्यावसायीहरुले भेडेटार होटल एशोसिएशनको नेतृत्वमा व्यावसाय सञ्चालन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटा,जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवालालाई ज्ञापन पत्र बुझाईएकाे हाे ।

निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लाई होटल व्यावसाय तथा यातायत पूर्ण रुपमा सञ्चालन गर्ने वातावरण बनाई दिन माग गर्दै भेडेटार होटल एशोसिएशनका अध्यक्ष जितेन्द्र राई,महासचिव आशिष राई,सचिव तुमराज लिम्बु ,सदस्य डम्वर लाम्बिछानेले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र वुझ्दै उद्योग बाणिज्य संघका अध्यक्ष राईले व्यवसायीहरुकाे समस्या समाधानका लागि सवै सूरक्षाका विधि अपनाएर सम्पूर्ण व्यावसाय सञ्चालन गर्न राज्यले अनुमती दिनु पर्ने,अन्यथा सम्पूर्ण व्यावसायीहरुको धैर्यताको वाँध टुटेकोले अव सूरक्षाका विधि अपनाएर सम्पूर्ण व्यावसाय सञ्चालन गर्न राज्यले अनुमती दिनु पर्ने वताउनु भयाे । अन्यथा सम्पूर्ण व्यावसायीहरुको धैर्यताको बाँध टुटिसकेकोले अव व्यावसायीहरु आफै सूरिक्षत विधि अपनाएर व्यावसाय सञ्चालन गर्ने समेत उहाले वताउनु भयो ।

सरकारले होटल सञ्चालन गर्न अनुमति नदिए पनि आगामी अशोज १ देखी आफै सूरक्षाका विधि अबलम्वन गरी आन्दोलन गर्दै होटल व्यावसाय पूर्ण रुपमा सञ्चालन गर्ने भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्र राईले वताउनु भयो ।

निरन्तर होटल व्यावसाय पूर्ण रुपमा बन्द हुँदा व्यावसाय प्रभावित भई चरम आर्थिक संकट भएकाे कारण अव जसरी भए पनि व्यावसाय सञ्चालन गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना भएकाे वताउनुभयाे । सरकारले व्यावसायीहरुलाई पनि बचाउन निश्चित मापदण्ड अपनाएर होटल व्यावसाय र यातायत सञ्चालन गर्न अनुमति दिनु पर्नेमा समेत उहाँले जोड दिनु भयो । भेडेटार होटल एशोसिएनले पर्यटकीय स्थल भेडेटार,नाम्जे,नमस्ते झरना लगायतका क्षेत्रहरुमा यातायत र होटल व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गरेकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।