मुख्यमन्त्री राईले गरे यातायात व्यवसायीसँग छलफल

विराटनगर, भदौ ३० । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्।

असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन्।

लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले मंगलबार सरोकारवालाहरुसँग छलफल गरेका हुन्।

छलफलमा मुख्यमन्त्री राईले असोज ५ गते अगाडि यातायात व्यवसायीहरुलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरुको विवरण तयार गर्न आग्रह गरेका छन्। उनले यातायात व्यवसायीहरुको साझा समस्याहरुलाई सरकारले सम्बोधन गर्दै जाने बताएका छन्।

मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरुलाई आग्रह गरेका छन्। उनले माक्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गरेर सावधानीहरु अपनाउन आग्रह गरेका गरेका छन्। यात्रुहरुको विशेष ध्यान दिन पनि उनले व्यवसायीहरुलाई आग्रह गरेका छन्। यात्रुहरुलाई स्वास्थ्य सावधानी तथा सजगता अपनाउन यातायात व्यवसायीहरुले पनि ध्यान दिनुपर्ने कुरामा मुख्यमन्त्री राईले जोड दिए।

लामो दूरीका यात्रुहरुको विवरण राख्नसमेत मुख्यमन्त्री राईले जोड दिएका छन्। छलफलमा यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए। उनीहरुले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। छलफलमा यातायात व्यवसायीहरुका साथै यातायात क्षेत्रका मजदुर संगठनका प्रतिनिधिहरुको समेत उपस्थिति थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।