धनकुटा नगरपालिकाको वडा नं ५,६ र ७ को केही क्षेत्र आज राती देखी एक हप्ताका लागी लक डाउन गरी शिल
भाद्र ३१, धनकुटा । कोरोना भाईरस संक्रनिमण थप फैलन नदिनका लागी धनकुटा नगरपालिकाको वडा नं ५,६ र ७ को केही क्षेत्र आज राती देखी एक हप्ताका लागी लक डाउन गरी शिल गरिएको छ ।
धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय कोभिड १९ क्राईशिस मेनेजमेण्ट सेन्टर अध्यक्ष केशव प्रसाद विमलीको अध्यक्षतमा वसेको बैठकले धनकुटा बजारमा कोरोना भाईरस संक्रमितको पुष्टि भएकाले धनकुटा नगरपालिका वडा नं. ५ ,६ र ७ को सिमाना गोकुण्डश्वर बाल मन्दिर माबिको छेउ देखी बौद्धिक विकास समितिको काज घर छेउ सम्म अशोज ६ गते राती सम्म शिल गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले वताउनुभ भयो ।
धनकुटा जिल्ला स्तरीय क्राईशिस मेनेजमेण्ट सेन्टरको बैठकमा समितिले अहिले सम्म गरेको काम कारवाहीको वारेमा समिक्षा गरी आगामी दिन कोरोना भाईरसलाई नियन्त्रण गर्न अझ प्रभावकारी अभियान धनकुटामा सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटका नायव सुब्बा रत्न दर्लामीले जानकारी दिनुभयो । शिल गरिएको क्षेत्रमा साे अवधिभर उद्योग,व्यावसाय र व्यापार समेत बन्द गरिने निर्णय भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनुभ भयो ।
अहिले सम्म धनकुटा जिल्लाका २ हजार १ सय ९ जनाको पिसिआर विधिबाट काेराेना जाच गरेकोमा ४५ जना कोरोना संक्रमित भएकोमा ४० जना उपचार पछि घर फर्किएको र पाचजनाको उपचार भैरहेको धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जयराम श्रेष्ठले वताउनु भएकाे छ ।



