समाज कल्याण संस्था धनकुटाद्वारा दुई वटा भवनको ढिक र सटरको भाडामा छुट
अशोज २,धनकुटा ।लक डाउनको कारण व्यापार व्यावसाय बन्द भई संकटमा परेका धनकुटा नगरपालिका ७ हुलाकटोलका व्यापारी तथा व्यावसायीहरुलाई समाज कल्याण संस्था धनकुटाले दुई वटा भवनको ढिक र सटरको भाडा छुट दिएको छ ।

यो संस्थाले व्यापारिक केन्द्र हुलाकटोलमा रहेको दुई वटा भवनको ढिक र सटरहरुको दुई महिनाको भाडा छुट गरेको संस्थाका अध्यक्ष सुनिल कुमार डंगोले वताउनु भयो । त्यस्तै धनकुटा नगरपालिका ७ कै नगेन्द्र श्रेष्ठ,दिपक शाक्य,द्धारिका श्रेष्ठ,कृष्ण श्रेष्ठ,मुन्नी श्रेष्ठ,दिपक श्रेष्ठ,प्रज्वल श्रेष्ठले पनि व्यपारी व्यावसायीहरुलाई घर भाडा छुट गरिदिएका छन् । बाँकी अन्यलाई पनि घर भाडा छुट गरी सहयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको छ ।
अहिले सम्म जिल्लाको धनकुटा, हिले सहित विभिन्न वजारका ३ सय ३१ जना घरधनी, सकारी तथा गैरसरकारी संघ संस्था र विद्यालय गरी जम्मा ६ वटा संस्थाहरुले भाडा मिनाहा गरिसकेको संघले जनाएको छ । घर भाडा छुट गरी व्यापारी व्यवसायीहरुलाई सहयोग गरेको प्रति संस्था र घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ ।


