नेकपाको सचिवालय बैठकस्थलमा प्रवेश गर्न खोजेपछि बालिका खड्का प’क्राउ
काठमाडौ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग आफ्नो सम्बन्ध रहेको भनी वि’वादमा रहेकी बालिका खड्का नेकपाको सचिवालय बैठक जारी रहेको पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि प’क्राउ परेकी छन्।
नेकपाको पेरिस डाँडास्थित पार्टी कार्यालयमा नेकपाका शीर्ष नेताहरुको बैठक जारी रहेकै बेला सो कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई प’क्राउ गरिएको हो।
‘अहिले बैठक चलिरहेको छ, पछि जानुस् भन्दा पनि होइन अहिले नै जानु पर्नेछ, नेताहरुलाई कुरा राख्नु छ भन्दै जबरजस्ति जान खोजेपछि नि’यन्त्रणमा लिएका हौं। अहिले उनलाई कोटेश्वर प्रहरी प्रभागमा राखिएको छ,’ काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले भने।
प्रधानमन्त्री तथा अन्य शीर्ष नेतासहितको बैठक बस्ने भएपछि पेरिसडाँडा कार्यालय र वरपर कडा सुर’क्षा व्यवस्था गरिएको छ।


