बढ्दै धनकुटामा समेत चहल पहल
धनकुटा खबर । कोरोना संक्रमण र त्यसको रोकथामका लागि सरकारले लगाएको लकडाउनका कारण सुनसान बनेका क्षेत्र विस्तारै तंग्रिने सुरुसुरु गरेका छन्
जस अन्र्तगत सरकारले असोज १ गते बाट छोटो तथा लामो दुरीका यातायत संचालन गर्ने निणर्य र होटल तथा अन्य व्यावसाय समेत स्वाथ्य सावधानी अपनाएर संचालन गर्न दिने निर्णय गरे संगै धनकुटामा समेत चहल पहल बढेको छ ।
लामो समयको लकडाउन र निशेधाज्ञाले हैरान बनेका व्यावसायीहरुले आफ्नो व्यावसायी खोल्न थाले संगै बजार क्षेत्रमा चहल पहल बढेको हो । सार्वजनीक सवारी समेत चल्न थाले पछि करिब ६ महिना सम्म बन्द रहेका बस पार्क आस पासका होटल समेत संचालनमा आएका छन् भने बस पार्कमा समेत सवारी साधनको आवत जावत हुन थालेको धनकुटाका नगरपालिका ७ का स्थानिय कुमार राईले बताउँनु भयो ।
अहिले पनि स्थानिय प्रसासनले धनकुटा नगरपालिकाका केहि क्षेत्रमा भने निशेधाज्ञा जारी नै राखेको छ ।


