तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाको तेश्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रमाया घिसिङ्ग सर्वसम्वत चयन

आश्विन ६,धनकुटा । तामाङ पत्रकार संघ जिल्ला समिति धनकुटाको आज सम्पन्न तेश्रो जिल्ला अधिवेशनले चन्द्रमाया घिसिङ्ग तामाङलाई अध्यक्ष सर्वसम्वतमा चयन गरेको छ ।

नेपाल तामाङ घेदुङ १ नं प्रदेश समितिका निवर्तमान सचिव एवं धनकुटा नगरपालिका वडा नं १ हिलेका वडाध्यक्ष निरेन तितुङ तामाङको प्रमुख आतित्थ्य तथा तामाङ पत्रकार संघ १ नं प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङको अध्यक्षतामा हिलेमा सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा रमला मोक्तान तामाङ, सचिवमा विवेक तितुङ तामाङ, सह–सचिवमा सोनाम घिसिङ तामाङ ९ए०, कोषाध्यक्षमा जनु वम्जन तामाङलाई सर्वसम्वत चयन गरिएको छ ।

तेह्र सदस्यीय जिल्ला समितिका सदस्यहरुमा विशाल तितुङ तामाङ, सोनाम योन्जन तामाङ ९वि०, निगम तितुङ तामाङ, अमर तितुङ तामाङ, रेणुका स्याङ्गदान तामाङ, पशुपति घिसिङ तामाङ, लक्ष्मी मोक्तान तामाङ र सवीना मोक्तान तामाङ रहेका छन् ।

नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई तथा शुभकामना व्यक्त गर्दै धनपा–वडा नं १ हिलेका वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तामाङले आवाज विहिनहरुको आवाजलाई आम जनमानसमा संचार गर्ने जिम्मेवारी पत्रकारहरुको हुने वताउनुभयो । प्रमुख अतिथि तामाङले समाजमा पत्रकारहरुको महत्वपुर्ण जिम्मेवारी हुने वताउँदै नवनिर्वाचित तामाङ पत्रकारहरुलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारहरुलाई आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मानवी मोक्तानले पत्रकारीता रहर गरेर मात्र नुहेने वताउनुभयो । उहाँले पत्रकारिता गर्ने मान्छेले त्याग गर्न सक्नु पर्ने वताउनु । उहाँले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै सक्रिय भएर अघि वढ्न आग्रह गर्नुभयो । त्यसैगरी नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले पत्रकारहरुले सत्य, तत्थ्य र वस्तुनिष्ट समचार लेख्नु पर्नेमा जोड दिानुभयो । अर्का समाजसेवी एवं अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्रवहादुर तितुङ तामाङले कुलमान घिसिङ्गको पुनःवहालीको लागि देशव्यापी रुपमा आन्दोलन हुँदा पनि राज्यले नस्विकारेको आरोप लगाउनुभयो ।

अधिवेशनको उद्धघाटन सत्रमा घेदुङका जिल्ला सदस्य जयन्द्र घिसिङ, युवा घेदुङका पुर्व केन्द्रिय सदस्य एवं हिले वजार व्यवस्थापन समितिका अध्यक्ष वुद्ध तितुङ तामाङ, उत्तरपानी धर्मशाला वजार व्यवस्थापन समितिका अध्यक्ष गजम घिसिङ, उधोग वाणिज्य संघ धनकुटाका निवर्तमान उपाध्यक्ष रुपमान वम्जन तामाङ, किराँत राई पत्रकार संघ घनकुटाका सचिव शर्मिला राई लगायतले नवनिर्वाचित समितिका पदाधिकारी एवं सदस्यहरुलाई वधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शूभकामना दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।