धनकुटाका विरामीहरुलाई फलफुल वितरण

आश्विन ६,धनकुटा । ४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ धनकुटाले जिल्ला अस्पताल धनकुटाका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

महासंघले एक कार्यक्रमको आयोजना गरि अस्पतामा रहेका १४ जना विरामीलाई फलफुल वितरण गरेको हो । गैरसरकारी संस्था महासंघका अध्यक्ष मिन प्रसाद सुवेदीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका संयोजक टंक चौहानले सामाजिक संस्थाहरुले समाजको मन जित्ने गरि काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

महासंघका प्रदेश समिति सदस्य गिता अधिकारी र डा सुमन पौडेलले सामाजिक सेवा दिवस र सामाजिक संस्थाको महत्वको वारेमा प्रकाश पारेका थिए । यो दिवस सडक मानव उद्धरार, भर्चुअल मिटिङ लगायतका कार्यक्रम गर्दै सप्ताह व्यापी रुपमा मनाउने जिल्ला अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । कार्यक्रमको सञ्चालन महासंघका कोषाध्यक्ष रेनुका कार्कीले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।