धनकुटा जिल्लाका ३ सय २४ जना घर धनीले घर भाडा छुट गरी सहयोग गरेको : धनकुटा उद्योग बाणिज्य संघ
आश्विन ९,धनकुटा । कोरोना माहामारीको कारण लामो समय सम्मको लक डाउनले संकटमा परेका उद्योगि, व्यापारी तथा व्यावसायीहरुलाई सहयोग गर्दै आज सम्म धनकुटा जिल्लाका ३ सय २४ जना घर धनीले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
सकारले लामो समय सम्म लगाएको लक डाउनका कारण उद्योग,व्यापार,व्यावसाय बन्द हुदा चरम आर्थिक सकंटको मारमा परीरहेका उद्योगी, व्यापारी र व्यावसायीहरुलाई भाडा छुट गरी महत्वपूर्ण सहयोग गरी दु ख मा गुन लगाएको संघका अध्यक्ष विजय सन्तोषी राई र महासचिव राम वहादुर गोङ्वा तामाङ्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
जिल्लाभरका ३ सय २४ जना घर धनीले घर भाडा र धनकुटा नगरपालिका,धनकुटा अस्पताल,त्रिवेणी मावि धनकुटा,नेपाल पत्रकार महासंघ धनकुटा, समाज कल्याण संस्था धनकुटा, नेपाल निर्माण व्यावसायी संघ धनकुटा लगायतले व्यापारीक भवनहरुको भाडा र सटरको भाडा छुट गरी संकटको घडीमा व्यापारी तथा व्यावसायीहरुलाई राहत दिएको संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
जिल्लाभरी घर भाडा छुट गर्नु हुने घरधनीहरु र सरकारी तथा गैरसकारी कार्यालय तथा संघ संस्थाहरुले २ महिना देखी ५ महिना सम्मको भाडा छुट गरेको संघले जनाएको छ । महाविपत र दुखमा भाडा छुट गरी अतुलनिय सहयोग गर्नु हुने घर धनी, सरकारी तथा गैरसरकारी संघ संस्थालाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको र सम्मान गर्न बाँकी लाई विशेष समारोहका वीच सम्मान गर्ने जनाईएको छ । घर भाडा छुट गर्न बाकी रहेका घर धनीलाई आफुले सक्दो भाडा छुट गरी सहयोग गर्न पनि संघले विज्ञप्ती मार्फत अपिल गरेको छ ।



