ब्लड क्या’न्सर पि’डित हात्तीखर्ककी साक्षि लिम्बुको परिवारलाई छथरजोरपाटी खेलकुद विकास समितिद्वारा आर्थिक सहयोग प्रदान
आश्विन ११,धनकुटा । धनकुटाको छथरजोरपाटि गाँउपालिका वडा नं १ हातिर्खकका गणेश तिगेला लिम्वुकी ४ वर्षकी ब्लड क्यान्सर पिडित छोरी साक्षि लिम्बुको परिवारलाई छथरजोरपाटी खेलकुद विकास समितिले आर्थिक सहयोग प्रदान गरेको छ ।

खेलकुद विकास समितिले विभिन्न व्यक्ति तथा संघ संस्थाबाट संकलन गरेको ३ लाख ७६ हजार ३ सय ५५ रुपयाँ सहयोग रकम समितिका अध्यक्ष चन्द्र लिम्वुको अध्यक्षता तथा १ नं प्रदेशका न्याय प्रशासन तथा विधायान समितिका सदस्य ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच वालिकाकी हजुरवुवा जीत मान तिगेलालाई हस्तान्तरण गरिएको हो ।
सो रकम सामाजिक अभियान्ता सोमा तुम्वाहाङ,लोकेन्द्र तुम्वाहाङ,पित्तम खजुम र नगेन्द्र खजुम छथर जोरपाटी ३ वञ्चरे हाल हङ्कङ ७० हजार ५ सय ९०, प्रेम आङ्ला छथर जोरपाटी ४ खाम्नेरा हाल दुवै २६ हजार १ सय, उत्तरजंग राई धनकुटा नगरपालिका २ भीरगाउँ हाल युके ५ हजार ७ सय ७०, थाम वहादुर मादेन धनकुटा नगरपालिका १ हिले हाल युके ५ हजार,जमुना तुम्वाहाम्फे छथरजोरपाटी ५ हाल सिंगापुर एक लाख २ हजार, लतित तुम्वाहाङ छथरजोरपाटी ३ हाल धरान ३ हजार, ओम तुम्वाहाङ ३ हजार, छथरजोरपाटी खेलकुद विकास समिति ३६ हजार ६ सय ४५,सिधुवा वजारवाट ३१ हजार ३ सय १५, जोरपाटी वजारवाट ७ हजार ४ सय ४० रुपयाँ,चुलाचुली वजार १५ हजार १ सय,काजीमाने वजारबाट ३ हजार ७ सय ७० सहित वितिन्न व्यक्ति एवम् संघ संस्था वाट रकम संकलन भएको अध्यक्ष लिम्वुले वताउनुभयो ।
पिडित वालिकाको अहिले कान्ति वाल हस्पिटल काठमाण्डौमा उपचार भईरहेको छ । कार्यक्रममा मदनभण्डारी फाउण्डेशनका जिल्ला अध्यक्ष निरेन तितुङ,छथरवोरपाटी गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वु,उपाध्यक्ष भीमकला श्रेष्ठ सहित समाजसेवी एवम् वुद्धिजीविहरुको उपस्थिती थियो ।


